मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा ३ लाख बढीका भन्सार छलीका सामान नियन्त्रणमा

कञ्चनपुरमा ३ लाख बढीका भन्सार छलीका सामान नियन्त्रणमा

  • शुक्रबार, असार ८, २०८०
कञ्चनपुरमा ३ लाख बढीका भन्सार छलीका सामान नियन्त्रणमा

कञ्चनपुर   –    कञ्चनपुरमा ३ लाख बढीका भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–१० मा २ लाख ५० हजार मुल्य बराबरको एयरफोन बेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय गड्डाचौकीको प्रहरीटोलीले बिहीवार नियन्त्रणमा लिएको छ।

यस्तै बेलौरी नगरपालिका–५ मैनाहामा भन्सार छलीका स्याम्पु, खाने तेल, डिऊ (चिसो पेय पदार्थ) लगायतका सामान नियन्त्रणमा लिइएको छ। अन्दाजी ६७ हजार मुल्य बाराबरको उक्त सामानसहित से.७ प. ८१८६ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणामा लिइएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

चर्चामा

सम्बन्धित समाचार