दार्चुला – दार्चुलामा आज (बिहीवार) बिहान चट्याङ पर्दा एक जना घाइते भएकी छिन्। महाकाली नगरपालिका–९ थाप्लाका नरेशसिंह धामीको घरमा चट्याङ पर्दा उनको श्रीमती २८ वर्षीया कौशादेवी धामी घाइते भएकी छन्। उनको थाप्ला स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले बताएको छ।
साथै धामीको गोठभित्र रहेको १ भैंसी मरेको बताइएको छ। यस्तै गएराति बैतडीको पुर्चौडी नगरपालिका–१ कनेडापानीका प्रेमसिंह भन्डारीको घर नजिकै रहेको बिद्युतको तारमा चट्टयाङ परेको छ। भन्डारीको गोठमा बाधेका २ ओटा भैँसी एउटा बाख्रा मरेका छन्। चट्याङबाट दुई ओटा मोबाईल, बिद्युतको मिटर बक्स, सम्पुर्ण घरको वाईरिङ तार जली नष्ट भएको बैतडी प्रहरीले बताएको छ।