शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन

बडिमालिका नगरपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन

  • मङ्लबार, असार ५, २०८०
बडिमालिका नगरपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन

बाजुरा–  बडिमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बडिमालिका नगरपालिकाले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्‍याउने उदेस्यले कृषि  एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना गर्न नगरपालिकाले कृषि एम्बुलेन्से सेवा संचालन गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताए । कृषकलाई आत्मनिर्भर बनाउन उनीहरुद्वारा उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यता रहेको जनाउँदै नगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको नगर प्रमुख खड्काको भनाइ रहेको छ । स्थानीयस्तरमा उत्पादित कृषि उपजको सुलभ आपूर्ति तथा वितरणको व्यवस्थापनका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको नगर प्रमुख खड्काले बताए ।
निवर्तमान प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने र उपभोक्ता र कृषक दुवैले लाभ लिन पाउने बताए । नगरका कृषक र उपभोक्ता दुवै लाभान्वित हुने र तरकारी तथा फलफूललाई नगर बाहिरबाटकाे आयातलाई कम गर्न सघाउ पुर्‍याउने निवर्तमान सासंद थापाले बताए ।
अब कृषकका खेत खेतमा कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी सङ्कलन तथा बिक्री केन्द्रसम्म ढुवानी गर्नेछ । तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या नहुने बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापाले बताइन । “घरपरिवार सबैले दिनभर बोक्दा पनि नसकिने तरकारी अब एम्बुलेन्सले एकै खेपमा लैजाने भएपछि सहज हुने उप प्रमुख थापाले बताइन ।
पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने भएको छ । साथै पालिकाले सदरमुकाम मार्तडीमा तरकारी सङ्कलन तथा बिक्री केन्द्र पनि स्थापना गर्न थालेकोले एम्बुलेन्स सेवा थप प्रभावकारी हुने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरी प्रसाद पनेरुले बताए ।
मंगलबार एक कार्यक्रमका बिच कृषि एम्बुलेन्स सेवा संचालन गरिएको नगरपालिकाले जनाएकाे छ। पहिलो पटक कृषि एम्बुलेन्स मार्फत बडिमालिका नगरपालिका ३ को तरकारी कोल्टी क्षेत्रमा पठाएको नगरपालिकाको कृषि शाखाका प्रेम महतले बताए । सदरमुकाम मार्तडीबाट सो सेवा संचालन गरि जिल्ला भित्र र जिल्ला बाहिर सम्म नगरपालिकाका कृषकहरुको उत्पादन  पठाउन सो सेवा संचालनमा ल्याएको उनले बताए । निबर्तमान प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले रिवन काटेर सेवा प्ररारम्भ गरेको नगरपालिकाले जनाएको छ । कृषि एम्बुलेन्स सञ्चालनले किसान र नगरवासी दुबै लाभान्वित हुने छन ।

चर्चामा

सम्बन्धित समाचार