सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कसरी भरिन्छ यो देश कर र रेमिटेन्स

कसरी भरिन्छ यो देश कर र रेमिटेन्स

  • सोमवार, असार ४, २०८०
कसरी भरिन्छ यो देश कर र रेमिटेन्स

आकास तिर किसानको नजर हुन्छ अचेल,
धुपमा जलेको सारा गाउँ सहर हुन्छ अचेल।

आकासमा बादल जुटेको देख्दा कताकती,
खुसिले भरिभराव हाम्रो अधर हुन्छ अचेल।

खाडीमा घुम्छन् हजारौं युवा धुपमै डढेका,
बुढाबुढी असाय मात्र बस्नै घर हुन्छ अचेल।

ओइलाएछ कोपिलैमा सिकार कुपोषणको,
सुके खोला मरेमाछा रित्तो बगर हुन्छ अचेल।

यस्तैछ घर गाउँको अबस्था संदेश दिएकैछु,
नेताकै तनातनी राजनीति गदर हुन्छ अचेल।

बिकास सुन्यछ हाम्रो देश परनिर्भर सधैभरी,
बिदेशीको आस रेमिटेन्सकै भर हुन्छ अचेल।

कसरी भरिन्छ यो देश कर र रेमिटेन्समा सधै,
भ्रष्टाचारमा घोप्टिरहने यहाँ चर हुन्छ अचेल।

चर्चामा

सम्बन्धित समाचार