शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुढीगंगामा स्काउटको बिटीसी र पिटिसी तालिम सञ्चालन

बुढीगंगामा स्काउटको बिटीसी र पिटिसी तालिम सञ्चालन

  • सोमवार, असार ४, २०८०
बुढीगंगामा स्काउटको बिटीसी र पिटिसी तालिम सञ्चालन

बाजुरा– बाजुराको बुढीगंगामा स्काउटको बिटीसी र पिटिसी तालिम सञ्चालन गरिएको छ । नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको प्राविधिक सहयोग र बुढीगंगा स्थानीय स्काउटको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

जिल्ला तहमा स्काउटको विटिसी तथा पिटिसी तालिम पहिलो पटक सञ्चालन गरिएको स्काउट प्रदेश संयोजक नरेन्द्र थापाले जानकारी दिएका छन् । विद्यार्थीलाई स्काउट सेवा प्रति प्रतिवद्ध बनाउन र उनीहरुको शारिरिक, वौद्धिक, संवेगात्मक, सामाजिक र अध्यात्मीक विकासका लागि तालिम सञ्चालन गर्ने गरिएको छ ।
निस्वार्थ सेवाका लागि मानव शक्ति तयार पार्ने उदेश्य सहीत स्काउटर तालिम सञ्चालन गर्ने र विद्यालय स्तरमा मानव जनशक्ति तयार पार्ने लक्ष्य राखिएको बुढीगंगा स्थानीय स्काउट कमिटीले जनाएकाे छ ।

५ रात ६ दिनसम्म सञ्चालन हुने आवासीय तालिममा बडीमालिका, त्रिवेणी, बुढीगंगा नगरपालिकाका स्काउट शिक्षक र विद्यार्थी सहभागि छन् । राष्ट्रिय प्रशिक्षक जहरसिंह थापा, सितामैया तोयानाबासु, चेतराज जैशी सहीतले प्रशिक्षण गरिरहेका छन ।

 स्काउटको मास्टर आधारभूत तालिममा पुरूषको तालिम कोर्षलाई बिटिसी तथा महिलाको तालिम कोर्षलाई पिटिसी भन्ने गरिन्छ । यस तालिममा पिटिसी तर्फ २० बिटिसी २१ जना बुढीगंगा, त्रिवेणी तथा बडीमालिकाका शिक्षकहरूको सहभागिता रहेको छ । आधारभूत स्काउट शिक्षक तालिम प्राप्त गरेका शिक्षक शिक्षिकाले मात्र विद्यालयमा स्काउट सञ्चालन गर्न पाउने छन् । तालिमको संयोजन प्रदेश संयोजक नरेन्द्र थापाले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार