सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • शिक्षा
  • एसईईको नतिजा असारको तेस्रो हप्ता सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा असारको तेस्रो हप्ता सार्वजनिक गर्ने तयारी

  • सोमवार, असार ४, २०८०
एसईईको नतिजा असारको तेस्रो हप्ता सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार अहिले उत्तरपुस्तिकाको परीक्षणको काम सकेर इन्ट्रीको काम भइरहेको छ ।

‘वार्षिक कार्ययोजनाअनुसार असारको तेस्रो हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । इन्ट्रीको काम भइरहेको छ,’ उनले भने । यसपटक त्रुटि कम हुनेगरी नतिजा सार्वजनिक गर्ने उनले बताए । २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार