शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

  • सोमवार, असार ४, २०८०
सेयर गर्नुहोस् :
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियाजन विधेयकमाथिको छलफल जारी रहनेछ । बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा सांसद सुमना श्रेष्ठ, प्रेम सुवाल र दामोदर पौडेलले सञ्चार तथा सूचना प्रविधि, सांसद दीपा शर्माले परराष्ट्र मन्त्रालय शीर्षको खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, सांसद गोकर्ण विष्ट र प्रभु साहले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत शीर्षकको खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार