बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदुरपश्चिम प्रदेशकाे बजेटले बयालपाटा अस्पताललाइ छाेएन, अछामबासी आक्राेसमा

सुदुरपश्चिम प्रदेशकाे बजेटले बयालपाटा अस्पताललाइ छाेएन, अछामबासी आक्राेसमा

  • शनिबार, असार २, २०८०
सुदुरपश्चिम प्रदेशकाे बजेटले बयालपाटा अस्पताललाइ छाेएन, अछामबासी आक्राेसमा

बाजुरा– सम्भवत नेपालकै एकमात्र सबै प्रकारका सेवा निशुल्क दिने अछाममा रहेको बयालपाटा अस्पताललाई प्रदेश सरकारले उपेक्षा गरेको प्रति अछामबासीले आक्राेस ब्यक्त गरेका छन् । सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा बयालपाटा अस्पताललाई उपेक्षा गरिएको प्रति अछामबासी आक्राेशित भएका हुन ।

यसअघि निति तथा कार्यक्रममा समेत अस्पतालको नाम नरहेकोमा बजेट भाषणमा समेत बयालापटा अस्पतालको नाम नसुनिएको प्रति सुदुरपश्चिम प्रदेशका अर्थ मन्त्री र सामाजिक बिकास मन्त्रीलाइ सामाजिक स‌जालमा आलाेचना गर्न थालेका छन । प्रदेशका अन्य ठाँउका बिभिन्न अस्पतालका लागि बजेट बिनियोजित हुदाँ बयालपाटा अस्पतालको भने नाम समेत नहुन अछाम प्रति साैतेनी ब्यबाहार गरेकाे अछामबासीले सामाजिक स‌जालमा आलाेचना गरेका छन ।

यसअघिका भएका बजेट भाषणमा बयालपाटा अस्पतालका लागि ७, ८  करोड रकम बिनियोजित भएपनि यसबर्ष अस्पतालको नाम समेत समाबेश नभएको हो की भन्ने आशंका यस क्षेत्रका जनताले गरेका छन् । यसअघि बिदेश दातृ निकायको सहयोगमा न्याय हेल्थ नेपालको व्यावस्थापनमा बयालपाटा अस्पताल सञ्चालन हुदैँ आईरहेको थियो । कोभिड महामारी पछि बिदेशी सहयोग कम हुदैँ गएपछि अस्पतालललाई आर्थिक मारमा परको छ ।

आर्थिक अभाव हुदाँ पछिल्ला बर्षहरुमा स्थानिय पालिका र प्रदेश सरकारले समेत सहयोग गरिरहेको थियो भने न्याय हेल्थ नेपाललले समेत केही बिदेशी दातृ निकायलाई सहयोग माग गर्दे अस्पताल सञ्चालन भईरहेको थियो । तर आर्थिक भारले अस्पताल सञ्चालनमा कठिनाई आईरहेका बेला झन् प्रदेश सरकारले आवश्यक बजेट बिनियोजित गर्नुको साटो नाम समेत समाबेश गरको छैन् सामाजिक स‌जालमा दुख ब्यक्त गरेका छन । यसले जनताको स्वास्थ्य माथि प्रत्यक्ष रुपमा असर पर्ने देखिएको सामाजिक स‌जाल प्रयाेग कर्ताहरुकाे भनाइ रहेकाे छ।

बयालपाटा अस्पतालले बिगत १४ बर्षदेखि अछाम, बाजुरा लगायत सुदुर पहाड तथा कर्णाली प्रदेशका जनतालाई समेत निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । बयालपाटा अस्पताल नहुने हो भने यस क्षेत्रका जनताको करोडौँ रकम खर्च हुनुका साथै आर्थिक अवस्था कम्जोर भएका जनताको अकालमै बर्षेनि हजारौँ नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको सृजना हुन्छ । यसपटक अछाम क्षेत्र नं. १ प्रदेश सभा क बाट मेघराज खड्का प्रदेश सभा सांसद छन् भने ख बाट झपट बहादुर साँउद सामाजिक विकास मन्त्री छन् । सामाजिक विकास मन्त्रालय अन्तरगत नै अस्पताल पर्ने भएपछि यस क्षेत्रकै प्रतिनिधित्व गरेका मन्त्रीले अस्पतालको बारेमा खासै चाँसो नदेखाएको यस क्षेत्रका नागरिकले गुनासो गर्न थालेका छन् ।

हाम्रै क्षेत्रका सांसद सामाजिक विकास मन्त्री छन् एक जना यसपटक अस्पताललाई आवश्यक सबै बजेट आउछ भन्ने आशा थियो तर बजेट भाषणमै अस्पतालको नाम नसुनेपछि दुख लागेको छ एक सेवा ग्राहीले भने । हाम्रा लागि बयालपाटा अस्पताल भगवान हो, यो भएन भने हामीलाई कि घर फर्कनु कि त बुढीगंगा मा हाम फाल्नुको बिकल्प छैन् ति सेवा ग्राहीले दुखेसो गरे । बयालपाटा अस्पतालले हालसम्म १२ लाख बढी नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार