मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाज
  • क्यान्सर पीडित जानकी देबी बि.क लाई सात लाख बढी सहयोग रकम संकलन

क्यान्सर पीडित जानकी देबी बि.क लाई सात लाख बढी सहयोग रकम संकलन

  • बिहिबार, जेष्ठ ३२, २०८०
क्यान्सर पीडित जानकी देबी बि.क लाई सात लाख बढी सहयोग रकम संकलन

बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिका वडा नं १० सिगाडा निवासी क्यान्सर पिडीत  जानकि बिकको उपचारका लागि ७ लाख बढि रकम संकलन भएकाे छ ।  विगत ८ महिनादेखि भारतको टाटा क्यान्सर अस्पतालमा उपचार भइरहेको उनलाइ उपचारमा समस्या भएपछी रकम स‌कलन गरिएकाे हाे ।

लामो समयदेखि उपचार भइरहेकोले जानकी स‌ग भएकाे सबै पैसा खर्च भइसकेपछि उपचारमा समस्या भएको थियो। अस्पतालले ५ लाख भारतिय रुपैयाँ बराबरको रकम लाग्ने सल्लाह दिएपछि बिरामीका श्रीमान भरत बिकले सुरुमा आफन्तबाट सहयोग मागेपनि त्यो सम्भब नभएपछी  सबैतिर गुहार मागेकाे बताएका छन ।
करिब साढेँ २  हप्ता सञ्चालन गरेको क्यान्सर पीडित जानकी देबी बि.क बचाउ अभियान सञ्चालन गरेर ७ लाख भन्दा बढि रकम स‌कलन भएकाे  पिडितका आफन्त पुरन बिकले जानकारी दिएका छन। पिडित परिवारलाई आर्थिक सहयोग गर्नेमा नेपाल तथा भारतमा मजदुरी गर्ने नेपाली दाजुभाई शिक्षक, बिध्यार्थी, कर्मचारी, राजनितिक दलका नेता कार्यकर्ता,पत्रकार, जनप्रतिनिधि लगायत करिब ५ सय भन्दा बढीले सहयोग गरेकाे उनका आफन्तले बताएका छन।

यस अभियानलाई बुढिगंगा नगरपालिकाले मात्र पचास हजार नेपाली रुपैयाँ नगद सहयोग गरेको छ। उक्त नगरपालिकाका कर्मचारी टिमले पनि एकमुष्ट  सत्ताइस हजार बढी नगद रकम सहयोग गरेकाे नगरपालिकाले जनाएकाे छ। बिरामीको एक वटा अप्रेशन सफल भएको छ भने केहि दिनमा फेरि अर्को अप्रेशन हुने भएको आफन्त संकर बिकले बताए।

सहयोगी सम्पुर्णलाई कहिल्यै पनि भुल्न नसकिने र यो गुण कहिल्यै पनि तिर्न नसकिने बताउदै सबैलाई धन्यवाद दिएका छन्।  “एक थुकि सुकि सय थुकि नदि” भनेझै एकता नै सबै भन्दा ठुलो बल रहेको कुरा स्मरण गर्दै एकता भएमा जस्तो सुकै असम्भब काम पनि सम्भब बिरामीका आफन्त निर्मल बिकले बताए।  संकर बिक, निर्मल बिक,गोपाल बुढा, भिम बिक (बाबु राजा) भुवन नाथ, राज जोसी , हंस बि.क, अनिल बुढा पारस रावल, हरिष साउद लगायतको बिशेष पहलमा अभियान सञ्चालन गरिएको अनिल बुढाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार