सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यो सहर होइन याँहा ठुलाठुला भिर हुन्छन्

यो सहर होइन याँहा ठुलाठुला भिर हुन्छन्

  • मङ्लबार, जेष्ठ ३०, २०८०
यो सहर होइन याँहा ठुलाठुला भिर हुन्छन्

यो सहर होइन याँहा ठुलाठुला भिर हुन्छन्
कोट कांडामा हुर्केका लड्न माहिर हुन्छन्।

त्यो बुझेपछि त दुनियाँले गोरखाली खोजे,
होटेल र कोठीमा बहादुर नै हाजिर हुन्छन्।

हाम्रै पसिनाले गगन चुम्भी महँल बने याहाँ,
दुनियाँ सिङ्गार्नेहरूको नै कलम सिर हुन्छन्।

शोशकले चुस्यो गरिबकै रगत जुकाले जस्तै,
हाम्रो लागी दोशी समेत हाम्रै तक्दिर हुन्छन्।

आपसमै लड्छौं कटपुत्ली बनेर मालिकको,
उस्को सामु बोल्न सक्दैनौँ मनमा पिर हुन्छ।

No description available.

चर्चामा

सम्बन्धित समाचार