शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ६ मा व्यक्तिगत घटना दर्ता सम्वन्धि एकदिने अभिमुखिकरण

बडिमालिका ६ मा व्यक्तिगत घटना दर्ता सम्वन्धि एकदिने अभिमुखिकरण

  • मङ्लबार, जेष्ठ ३०, २०८०
बडिमालिका ६ मा व्यक्तिगत घटना दर्ता सम्वन्धि एकदिने अभिमुखिकरण

बाजुरा– व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बडीमालिका नगरपालिका वडा नम्वर ६ काेर्धमा सम्पन्न भएको छ । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरुसंग अभिमुखीकरण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

साेमबार बडीमालिका नगरपालिका वडा नम्मर ६ काे काेर्धमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् । कार्यक्रममा भविष्यमा वडाबाट हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गर्न छुटेका लक्षित बर्ग तथा नागरिकहरुलाई बिशेष प्राथमिकतामा राख्ने यो कार्यक्रमको मुुख्य उदेस्य रहेको राेकायाले बताइन। सामाजिक सुरक्षा सम्बन्धि बिषयमा सम्बन्धित रहेर पदाधिकारीको काम कर्तव्य, अधिकार तथा वडाका स्थानीयहरुको जन गुनासोहरु माथि छलफल गर्दै सहज तरिकाले सेवा सुबिधा प्रदान गरिने राेकायाले बताएकी हुन ।

No description available.

त्यस्तै कार्यक्रममा ब्यक्तिगत घटना दर्ता तथा पन्जिकरणको बिषयमा आधारित रहेर घटना दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरु र समुदाय स्तरका नागरिकहरुसंग प्रश्नोत्तर सहित सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा प्रमख मोहनराज पण्डितले प्रशिक्षण गरेका थिए । बडिमालिका नगरपालिका वडा नम्मर ६ का कार्यबाहक  वडा अध्यक्ष परे बडुवालको अध्यक्षतामा संचालन गरिएको अभिमुखिकरण कार्यक्रमको प्रमुख अथिती नगर उपप्रमुख नन्दा थापा रहेकी थिइन् । त्यस्तै कार्यक्रममा राजनितिक दलका प्रतिनिधी,स्थानिय,पत्रकारहरु लगाएत ५५  जना भन्दा बढिकाे सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार