शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्र स्थापना

बडिमालिका नगरपालिका ७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्र स्थापना

  • आइतवार, जेष्ठ २८, २०८०
बडिमालिका नगरपालिका ७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्र स्थापना

बाजुरा — स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याइएको छ । स्वास्थ्य क्षेत्रबाट टाढा रहेको बडिमालिका ७ ढम्कनेमा पनि शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी नगरपालिकाले स्वास्थ्य सेवा बिस्तार गरेको हो । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कार्यलाई अगाडि बढाएको छ ।
स्थानीय तहको निर्वाचनपछि नागरिकलाई गाउँ ठाउँमै सहज, सरल र सुलभ सेवा दिने उद्देश्यले स्वास्थ्य संस्था र सेवा विस्तार गर्दै लगिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए । ७ को ढम्कनेमा सेवा बिस्तार भए संगै नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा १ को सल्लेना र ८ को रापकमा पनि शहरी स्वास्थ्य केन्द्र थप गर्ने कार्य भइरहको नगर प्रमुख खड्काले बताए । बडिमालिका ७ ढम्कनेमा स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा दिन सुरु भइसकेको र अन्य २ ठाउँमा संरचानाहरु निर्माण भइरहेकोले चाँडै संचालनमा आउने नगर प्रमुख खड्काले बताए । स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहँुच पुर्‍याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको नगर प्रमुख खड्काले बताए ।
नागरिकलाई सहज सेवा दिन पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिएको र यस केन्द्रबाट ढम्कने दुदुली भोटेवाडा लगायतका बस्तीहरुका लागि सहज हुने वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । स्थानीय सरकार नागरिकको सेवामा हरबखत तल्लिन रहेको र आवश्यक पर्ने सामग्री नगरले बन्दोबस्त गर्ने बताउँदै वडा अध्यक्ष पाध्यायले आवश्यक पर्ने सेवा सुबिधा स्वास्थ्य केन्द्रबाट लिन स्थानीयलाई आग्रह गरेका छन् ।
आईतबार एक कार्यक्रमका बिच बडिमालिका नगरपालिका ७ ढम्कनेमा स्थापना गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको छ । बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले एक कार्यक्रमका बिच आजैबाट सेवा दिने गरि केन्द्रको उद्धघाटन गरेको वडा सदस्य लोकेन्द्र रोकायाले बताए । बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बडिमालिका नगरपालिका  नगर प्रमुख अमर खड्का रहेका थिए ।
कार्यक्रमको अतिथिको रुपमा प्रमुख प्रशासकिय अधिकृत रंगमल विक, वडा सदस्यहरु लोकेन्द्र रोकाया, डवल विक र पार्वती जोशी, नगर स्वास्थ्य संयोजक टेक बहादुर खड्का पत्रकार लक्ष्मीराज पाध्याय लगायतको उपस्थिीती रहेको थियो । कार्यक्रममा टोल बिकास समितिका संयोजक राम बहादुर धामीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन मार्तडी स्वास्थ्य चौकी चुथीका इन्चार्ज काँशीचन्द पाध्यायले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार