सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • टुङ्गिन्छ जिन्दगी गन्तव्य आसमै बिलाउँछ

टुङ्गिन्छ जिन्दगी गन्तव्य आसमै बिलाउँछ

  • आइतवार, जेष्ठ २८, २०८०
टुङ्गिन्छ जिन्दगी गन्तव्य आसमै बिलाउँछ

कहाँ टुङ्गिन्छ जिन्दगी यो सफरको कुराहो,
हामिले केपायौं केगुमायौँ असरको कुराहो।

टुङ्गिन्छ जिन्दगी गन्तव्य आसमै बिलाउँछ,
काहाँ चिप्लिन्छन् आँखा नजरको कुराहो।

कोही प्रचण्ड धुतमा खाडीमा पुग्नु पनि त,
रोटी कपडा सँगै ओटलाग्ने घरको कुराहो।

देशभक्तलाई देशको माटो सँग प्रेम हुन्छ।
आज स्वाभिमान र खोला बगरको कुराहो।

हाम्रोभित्र थुप्रै समस्य हुन्छन् रोग उस्तैछन्,
प्रष्ट झल्किन्छन् प्रतिबिम्व अधरको कुराहो।

हामिले भावनालाई जस्ताको तस्तै पोख्छौँ,
मसला मिसाएर पस्किने त बहरको कुराहो।

चर्चामा

सम्बन्धित समाचार