बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • दादुरा रोगविरुद्ध बाजुरा लगायत नौ जिल्लामा आजदेखि खोप अभियान सुरु

दादुरा रोगविरुद्ध बाजुरा लगायत नौ जिल्लामा आजदेखि खोप अभियान सुरु

  • बिहिबार, जेष्ठ २५, २०८०
दादुरा रोगविरुद्ध बाजुरा लगायत नौ जिल्लामा आजदेखि खोप अभियान सुरु

बाजुरा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका बाजुरा लगायता विभिन्न नौ जिल्लामा आजदेखि बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाकाअनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाइने भएको हो ।

जिल्लाभर दादुरा रुवेला खोप अभियान संचालनका लागि सबै तयारी पुरा भइसकेकाे जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन । दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी  स्वास्थ्यकर्मीहरु लाइ अभिमुखीकरण तालिम संचालन गरिएको कार्यालय प्रमुख चन्दले बताए ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा युनिसेफ,वाटरेट र बिस्व स्वास्थ्य संगठनको समन्वय तथा सहकार्यमा जिल्ला अभियान स‌चालनकाे तयारी भइसकेकाे स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।
जिल्लाका नौं वटै पालिकामा खोप अभियान संचालन गरिने जनस्वास्थ्य अधिकृत चन्दको भनाई रहेको छ ।  अहिले सम्म ७५ प्रतिशत मात्र खोप पुगेको र बाकीँलाई यो अभियान मार्फत पुरा गर्ने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको चन्दले बताए ।

देशका विभिन्न जिल्लामा दादुराको महामारी देखिएको र अन्य जिल्लामा पनि फैलिन सक्ने जोखिम रहेकाले बालबालिकालाई खोप दिन लागिएको हो । दादुरा रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्मलाई यो रोग सार्न सक्छ ।

मन्त्रलायले यसअघि खोप लगाएको भए पनि अभियानका क्रममा बालबालिकालाई खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा लैजान अभिभावकलाई आग्रह गरेको छ । यसअघि नेपालमा १३ जिल्लामा दादुरारुवेला रोगको संक्रमण देखिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार