मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमको पुर्ण पाठ

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमको पुर्ण पाठ

  • बुधबार, जेष्ठ २४, २०८०
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमको पुर्ण पाठ

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि नीति कार्यक्रम प्रस्तुत गरिएको हो। प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा चिडियाखाना स्थापनादेखि मनोरेल सेवाका लागि संभाव्यता अध्ययनसम्मका विषय समावेश गरिएको छ। प्रदेश सरकारले व्यवसायीक कृषिका लागि त शून्य ब्याज नारा नै दिएर नीति तथा कार्यक्रममा राखेको छ।

प्रदेश सरकारले धनगढी–अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ। प्रदेश बस सेवा सञ्चालन गर्न असफल भएको प्रदेश सरकारले मनोरेल सेवा सञ्चाल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो। आगामी आर्थिक वर्ष २०८०/८१ मा मनोरेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

त्यस्तै कैलालीको गोदावरीमा चिडियाखाना स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रममा प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी क्षेत्रमा वृक्षारोपण र चिडियाखाना स्थापना गर्ने उल्लेख छ। सुदूरपश्चिमको पर्यटन विकासका लागि अपि र साइपाल हिमालको बेसक्यापसम्म पैदलमार्ग निर्माणदेखि ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनसम्मका विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा आकर्षण नारा दिएर ‘प्रदेश सरकार कृषकको सहयोगी’, ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’, ‘व्यवसायीक कृषिका लागि शून्य ब्याज’, स्थानीय तह एक कृषक पाठशाला, एक जिल्ला एक उद्योग, प्रदेश प्रमुख वस्ती विकास परियोजना लगायत विषय समावेश गरिएको छ।

वार्षिक नीति तथा कार्यक्रम_0

चर्चामा

सम्बन्धित समाचार