सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चिन्न सकिनौँ कसैलेपनि बिमारी हाम्रै व़रीपरी छन्

चिन्न सकिनौँ कसैलेपनि बिमारी हाम्रै व़रीपरी छन्

  • बुधबार, जेष्ठ २४, २०८०
चिन्न सकिनौँ कसैलेपनि बिमारी हाम्रै व़रीपरी छन्

अरूलाई गालि नगरौँ भ्रष्टाचारी हाम्रै व़रीपरी छन्,
देश बिक्री बितरण गर्न व्यापारी हाम्रै व़रीपरी छन्।

हामी भित्रको कम्जोरी यही हो अन्धभक्त बनेका,
देख्दैनन् यीनी आँखाले जुवारी हाम्रै व़रीपरी छन्।

घायल छ देश उपचार हाम्रै हातमा हुँदा पनि हामी,
चिन्न सकिनौँ कसैलेपनि बिमारी हाम्रै व़रीपरी छन्।

बिदेशीलाई गाली गर्छौँ ओबानो हुन्छौँ पानी माथी,
सरकारी कोही त गयर सरकारी हाम्रै व़रीपरि छन्।

ऐयासी गर्छन मात्रृत्वलाई बेचेर नव लैण्डुवले सधै,
जस्ले बोकायो याहाँ रिनकै भारी हाम्रै व़रीपरी छन्।

हामी धर्मकर्म सधै जात भातका कुरामै लडेका छौँ,
आँमा पोइल लगाएर खाने जारी हाम्रै व़रीपरी छन्।

चर्चामा

सम्बन्धित समाचार