सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • आमाको मृत्युपछि अलपत्र बाजुराका ६ भाइबहिनीको उद्धार हुदै

आमाको मृत्युपछि अलपत्र बाजुराका ६ भाइबहिनीको उद्धार हुदै

  • मङ्लबार, जेष्ठ २३, २०८०
आमाको मृत्युपछि अलपत्र बाजुराका ६ भाइबहिनीको उद्धार हुदै
बाजुरा– त्रिबेणी नगरपालिकामा १ छताराका अलपत्र ६ भाइबहिनि उद्धार हुने भएको छ ।  ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेको समाचार प्रकाशित पछि उद्धार हुन लागेको हो ।
बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । बडीमालिका खबर, नेपाल टेलिभिजिन, दि हिमालयन टाम्इम्स, अन्नपुर्ण पोष्ट लगायत सञ्चारमाध्यममा समाचार प्रकाशित पछि उद्धार हुन लागेको हो । काठमाडौमा रहेको शान्ति सेवा गृहले बच्चाको उद्धार गरेको हो । समाचार प्रकाशित पछि बालवालिकालाइ आर्थिक सहयोग समेत जुटेको समाजिक अगुवा तथा पत्रकार प्रकाश सिंहले वताएका छन् ।
बच्चा अलपत्र परेको जानकारी पछि बडीमालिका खबरको टिम स्थलगत रिपोटिङ्गमा पुगेको बडीमालिका खबरका कार्यकारी सम्पादक पदम बहादुर सिंहले वताए । स्थलगत अबस्था बुझ्दानिकै दयनिय पायौ, स्थ्थानिय सरकारले हामीलाइ उद्धारका लागि समेत आग्रह गरेपछि पुगेको सिंहले वताए ।
आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेकि थिइन् । दुध किन्न पैसा नहुदा गाउँलले दिएको दुध खुवाएर बाचिरहेकि छन् । उनका श्रीमान मनराज दमाइ पनि अस्वस्थ छन् । उनि  छोरीलाइ दुध खोज्न गाउँ डुल्ने गरेका छन् । गाउँलेले दिएको दुधले बहिनीलाइ बचाइरहेको दिदि शुशिला नेपालीले वताएकि छन् । भैसी किन्ने त धेरै टाढाको बिषय हो, दुध किन्न पैसा नहुदा निकै समस्या परेको शुशिलाले रुदै वताईन् ।
अस्मिताकि १ महिनाकी छोरी मात्र नभइ डेढ बर्षकि छोरी सिबानी नेपाली पनि खान नपाएर कुपोषित रहेकि छन् । सिबानीलाइ समेत दुध मागेर खुवाउनु परेको छ । कसैले दुध दिए दुबै बहिनीलाइ अलिअलि खुवाउने गरेको दिदि शुशिलाले वताईन् । डेढ बर्ष सिबानी र १ महिनाकी बालिकालाई दुध आबश्यक रहेको छ ।
अस्मिताको मृत्यु पछि उनका ६ वटा सन्तान अलपत्र रहेका छन् । अस्मिताको परिवारको नबस्ने घर छ, न खाने जमिन समेत नभएको गाउँलले वताएका छन् । उनिहरु सबै आफन्त नाता लाग्ने चन्द्रा दमाइको घरमा बस्दै आएका छन् । चन्द्रा पनि एकल महिला हुन् । अस्मिताकि छोरी जेठि शुशिला नेपाली १२ बर्षकि भइन् । त्यस्तै सुस्मिता ९ बर्ष, समीया ७ बर्ष, छोरा शिसिर ६ बर्षका रहेका छन् । त्यस्तै सिवानी डेढ बर्ष र कान्छि १ महिनाकी पुगिन् । आर्थिक अभाब तथा बिपन्न भएकाले अस्मिताकि कुनै पनि छोरी बिद्यालय नजाने गरेका छन् । शुशिलाका ६ भाइबहिनी कुपोषित रहेका छन् ।
बैशाख २० गते छैटो सन्तानका रुपमा छोरी जन्माएकि अस्मितालाइ रक्तस्राप भएपछि आफन्तले ९ दिन पछि अछामको बयलपाटा अस्पताल लगेका थिए । त्यहाँ ठिक नहुने भन्दै सेति प्रादेशिक अस्पतालमा लगेका थिए । त्यहाँ उपचारका क्रममा मृत्यु भएको त्रिवेणी नगरपालिकाकि उपप्रमुख कमला जोशीले वताएकि छन् । ६ भाइबहिनीलाइ खान बस्न समस्या देखी लुगाकपडा समेत छैन् ।

चर्चामा

सम्बन्धित समाचार