शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • खाध्यअधिकार संजलद्धारा जिल्ला प्रशासनमा बुझायो १० बुदे ज्ञापन पत्र

खाध्यअधिकार संजलद्धारा जिल्ला प्रशासनमा बुझायो १० बुदे ज्ञापन पत्र

  • मङ्लबार, जेष्ठ १६, २०८०
खाध्यअधिकार संजलद्धारा जिल्ला प्रशासनमा बुझायो १० बुदे ज्ञापन पत्र

बाजुरा — जिल्ला खाध्य अधिकार संजाल र स्थानिय खाध्याअधिकार संजालहरुले बिभिन्न माग सहित १० बुदे ज्ञापन पत्र बुझाएको छ । जिल्लामा खाध्य अधिकार संग जोडिएको सववालहरुका बिषयमा ज्ञापन पत्र बुझाएको हो । बिषेश गरी कोल्टी क्षेत्रको खाद्य अधिकारका सवालहरुमा ज्ञापन पत्र बुझाएको जिल्ला खाध्य अधिकार संजाल बाजुराका सचिव लक्ष्मीराज पाध्यायले बताए ।
बुढिनन्दा नगरपालिका ६ दयाँ देखी वडा नम्मर १ साउने गाउँसम्म रहेको बड्डिखोलाले गर्दा खोला आसपासका क्षेत्रमा रहेका बस्ती जोखीम रहेकाले सो खोलामा तटबन्धनका लागि आबस्यक समन्वय तथा पहल गर्न ध्यानकषणर्का गराएको स्थानिय खाध्य अधिकारी संजालकी उपाअध्यक्ष कालिका उपाध्यायले बताएकी छन ।
गत बर्षको बर्षातमा बुढीनन्दा नगरपालिका १ साउनेगाउँको सिंचाई कुलो खोलाले कटान गरी हिउँदे बाली गहुँ आकासे पानीको भरमा पर्नुपर्ने भएकोले सो कुलो संचालनका लागि स्थानिय प्रदेश र सघिंय सरकारसंग समन्वय तथा पहल गर्न र बर्षायाम सुरु भईसकेकोले उत्तरी क्षेत्रमा रहेको खाध्य डिपोमा नुन र चामलको लागि आबस्यक पहल गर्नुपर्ने जिल्ला खाध्य अधिकार संजाल बाजुराका सचिव लक्ष्मीराज पाध्याय र स्थानिय खाध्य अधिकारी संजाल कोल्टीकी उपाअध्यक्ष कालिका उपाध्यायको सयुक्त हस्ताक्षेरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
बजारमा मिती नाघेका खाध्यबस्तु भेटिने भएका कारण जिल्लास्तरबाटै कोल्टी पिलुचौर लगायतका स्थानिय बजारमा अनुगमन गर्नुका साथै मार्तडी कोल्टी सडक अन्तरगत बर्षायाम सुरु हुने बित्तीकै बन्द हुने हुँदा बजारमा कालोबजारी र मुल्य बृद्धि हुने भएकोले बजारमा अनुगमन गर्नुका साथै मार्तडी कोल्टी सडक बर्षाको समयमा पनि संचालनमा ल्याउन आबस्यक पहलका लागि माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कोल्टी क्षेत्रका नागरिकको स्वास्थ्य क्षेत्रमा सुधार गर्नुका साथै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम संचालनमा आबस्यक समन्वय तथा पहलका लागि अनुरोध गरीएको ज्ञापन पत्रमा उल्लेख छ ।
कोल्टी क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा ७ महिनादेखी औषधीहरु नभएको पाईएकोले स्थानिय तह संग समन्वय गरि स्वास्थ्य संस्थाहरुमा औषधी उपलब्ध गराउन पहल गरिदिन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
कोल्टी क्षेत्रमा रहेको कोल्टी बिमानस्थलमा आउने हवाईजहाजहरुले मनोमानी भाडा लिने गरेको पाईएकोले भाडामा एकरुपता ल्याउनुका साथै नियमीत गर्नुका साथै भइपरि आउने बिपतलाई मध्यनजर गरी बर्षाको समयमा सडक अबरोध हुने हुँदा बिपतका आबस्यक साम्रगी हरु कोल्टी क्षेत्रमा भण्डारण गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यसै गरी मार्तडी कोल्टी सडक क्षेत्रमा संचालन हुने जीपहरुले जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढि भाडा लिने गरेकाले सडक बिगत भन्दा मार्तडी कोल्टी सडक यातायात संचालनमा सहज भएको हुदा नयाभाडादर कायम गरी आबस्यक पहल गरियोस सयुक्त हस्ताक्षेरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार