शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • अचम्म लाग्छ सरकारको व्यवहार हेर्दा

अचम्म लाग्छ सरकारको व्यवहार हेर्दा

  • मङ्लबार, जेष्ठ १६, २०८०
अचम्म लाग्छ सरकारको व्यवहार हेर्दा

अचम्म लाग्छ सरकारको व्यवहार हेर्दा,
देशको र देशका जनताको निदार हेर्दा।

न्याय आफै उभिएको देख्छु कडघेरामा,
अपराधी अनमुक्ति भएकै लगातार हेर्दा।

भन्छन् देश समाजवाद अन्मुख छ हाम्रो,
पताउँने आधार कत्तिछैन भ्रष्टाचार हेर्दा।

अपराध फैलिंदै जान्छन् झन-झन देशमा,
त्यस्तो लाग्छ हाम्रो देशको सरकार हेर्दा।

वाक्क लाग्ने दिक्क लाग्ने गणतन्त्र भयो,
सधै अपराधी नै अन्मुक्तहुँने आधार हेर्दा।

हुँन खोज्छन् सबै पानी माथिको ओवानो,
दिक्दार हुन्छ यो भ्रष्टाचारको सन्सार हेर्दा।

चर्चामा

सम्बन्धित समाचार