शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • लैगिक हिंसा र जातिय विभेद सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैगिक हिंसा र जातिय विभेद सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • शुक्रबार, जेष्ठ १२, २०८०
लैगिक हिंसा र जातिय विभेद सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाजुरा– लैंगिक हिंसा र जातिय विभेद सम्बन्धि जिल्ला स्थित सरोकारवालाहरुसंग पैरवी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहीबार सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवा, गैर सरकारी संस्था र पत्रकारहरुसंग अन्र्तक्रियका कार्यक्रम सम्पन्न गरिएको हो ।
अन्र्तक्रिया कार्यक्रममा लैंगिक हिसा तथा जातिय विभेद सम्बन्धि कानूनका बारेमा जानकारी आदान प्रदान गरिएको थियो । अधिबक्ता तुलाराम जैशीले लैंगिक हिंसामा परेका ब्यक्तिले न्यायको लागि अपनाउनु पर्ने उपाए र उजुरी प्रकृयाका बारेमा जानकारी गराएका थिए ।
त्यसै गरि जातिय विभेदमा उजुरी प्रक्रियाका बारेमा पनि जानकारी गराएका थिए । लैगिक हिसा तथा जातिय विभेद भए गरेमा हुने कानून सजाएका बारेमा समेत अधिबक्ता जैशीले जानकारी गराएका थिए ।
कार्यक्रममा नागरिक समाज र पत्रकारले लैगिक हिंसा तथा जातिय विभेदको बारे कानून उजुरी दिने प्रक्रिया यस्ता खालका हिंसा सहेर नबस्न र कानुनी प्रकृयाका बारेमा सर्वसाधारणलाई समेत जानकारी गराउन जनचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको पीसविन बाजुराका कार्यक्रम अधिकृत्त धर्म रोकायाले बताए ।
लैंगिक हिंसा तथा जातिय विभेद समाजमा अहिले पनि ब्यप्त छ । पीडितले उजुरी न्यायीको लागि जानकारी कानूनबारे जानकारी नपाउदा विभेद सहेर बस्नु पर्ने बाध्याता रहेको छ । विभेदमा परेका ब्यक्तिले उजुरी दिने प्रक्रिया र न्याएको लागि अपनाउनु पर्ने बिषयमा प्रचारमा सहयोग गर्नु पर्नेमा जोड रहेको थियो ।
हिंसा तथा विभेदमा परेका ब्यक्तिलाई उजुरी कहा दिने उजुरी कसलाई लेखाउने न्यायको लागि कहा जाने थाहा नहुदा पनि सहेर बस्नु पर्ने बाध्याता रहेको छ । यस्ता विभेदका विषयमा नागरिकलाई जानकारी गराउनु सरोकारवालाको दायित्व हुने भएकोले यसमा सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा भनाई रहेको थियो । यस विषयमा सवै सरोकारवाला एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत गरेका छन ।
पीसविन बाजुरा महिला, महिला विकास मंच र महिला अधिकार मंचको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थिति नागरिक समाजका अगुवा गैर सरकारी महासघका प्रतिनिधि पत्रकार शिक्षक र उद्योग बाणीज्य सघका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार