बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • आइएनएफ बाजुराको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न

आइएनएफ बाजुराको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न

  • शुक्रबार, जेष्ठ १२, २०८०
आइएनएफ बाजुराको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न

बाजुरा — टिआरफण्टको सहयोग र आईएनएफ नेपाल बाजुराबाट सञ्चालित कार्यक्रम वातावरणिय तथा आर्थिक दिगोपना परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिकामा संचालितवातावरणिय तथा आर्थिक दिगोपना परियोजना कार्यक्रमको सामाजिक लेखापरिक्षण गरिएको हो ।
संस्थाले आफ्नो उदेश्य अनुसार रचनात्मक ढंगले काम गर्दा परिणाम पनि राम्रो दिएको भन्दै अझै नमुना योग्य काम गर्न र कार्यक्रम थप गर्न कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्यबाहक नगर प्रमुख तथा नगर प्रबक्ता धर्मराज पाध्याले बताएका छन । कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख पाध्यायले आइएनएफ नेपाल बाजुराले समाजमा उदारणिय काम गरेको बताए । संस्थाले आगामी दिनमा यस्तै गतिविधि गर्दै गएमा थप सफलता हासिल गर्ने पाध्यायले बताए ।

आईएनएफ नेपाल बाजुराद्धारा संचालित वातावरणिय तथा आर्थिक दिगोपना परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रममा सहभागिहरु सरोकारवालाले नगरपालिकाको फोहोर ब्यवस्थापनमा ठुलो सहयोग गरेकोले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन । आईएनएफ नेपाल बाजुराका गतिविधि प्रभावकारी भएको कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन ।

बडिमालिका नगरपालिकाको हलमा संचालन भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा सहभागिहरुले आगामी दिनमा संस्थाले सरोकारवालाका सुझावलाई समेत आत्मसाथ गर्दै अघिबढेमा यसको प्रभावकारिता थप बढेर जाने सुझाव दिएका छन । आइएनएफ नेपाल बाजुराले जिल्लाका विभिन्न क्षेत्रमा काम गरिरहेको र संस्थाबाट तालिम लिईसकेपछि आफ्नो क्षमता समेत अभिृबद्धि भएको स्थानियको भनाई छ । आइएनएफ नेपाल बाजुराका फिल्ड संयोजक बसन्ती बुढाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा नगर प्रबक्ता धर्मराज पाध्याय प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक, वडा न ८ का वडाअध्यक्ष चन्द थापा र वडा न ९ का वडा अध्यक्ष सुर्यकिरण विक, पत्रकार महासंघ बाजुराका उपाअध्यक्ष पदम बहादुर सिंहको समेत उपस्थिती रहेको थियो ।  त्यसै गरि स्थानिय टोल बिकास समितिका अध्यक्ष तथा प्रतिनिधीहरु लगायतको उपस्थितीमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहजिकरण बडिमालिका खवर अनलाईनका कार्यकारी सम्पादक (पत्रकार) लक्ष्मीराज पाध्यायले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार