बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढिगंगामा शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसंग करार सम्झौता

बाजुराको बुढिगंगामा शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसंग करार सम्झौता

  • बिहिबार, जेष्ठ ११, २०८०
बाजुराको बुढिगंगामा शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसंग करार सम्झौता

बाजुरा– बुढिगंगा नगरपालिकाले बिद्यालयको शिक्षामा गुस्तर बढाउन नगरपालिका अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापकसंग करार समझौता गरेको छ । नगरपालिका २९ विद्यालयका प्रधानाध्यापकसंग ३४ बुदे करार समझौता गरिएको बुढिगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले बताए ।
एक अध्ययनपछि नगरपालिका क्षेत्रभित्रका विद्यालयको सिकाई उपलब्धि ३ प्रतिशत मात्रै रहेको पाइएपछि त्यसलाई बढाउन नयाँ योजना कार्यान्वयनमा ल्याएकोे छ ।

गत शैक्षिक वर्षको कक्षा ५ र कक्षा ८ को परीक्षामा सिकाई उपलब्धि अध्ययन गर्दा ३ प्रतिशत मात्रै रहेको पाइएपछि नगरपालिकाले यस वर्ष त्यसलाई ३० प्रतिशतमा पुगाउन विशेष योजनाअन्तर्गत काम गरिरहेको नगर प्रमुख बानियाँले जानकारी दिएका छन् । सम्झौता अनुसार विद्यालयले आफ्नो शैक्षिक क्यालेन्डर बनाउनु पर्ने छ । प्रधानाध्यापकले शिक्षकसँग एक वर्षकै लागि सम्झौता गरेर निश्चित जिम्मेवारी दिनु पर्ने ३४ बुँदे सम्झौतामा उल्लेख छ ।

सम्झौतामा कक्षा ८ को जिपिए २.५ भन्दा बढी पुगाउने, सबै कक्षाको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा बढी पुगाउने र विद्यालयले सूचना अधिकारी राख्ने शर्त रहेका छन् । त्यस्तै, सम्झौतामा विद्यालयले गाउँ टोलमा अभिभावक शिक्षा दिनु पर्ने, कक्षामा वालमैत्री बसाई बनाउने, गुणस्तर सुधारको अवस्था बारे त्रैमासिक र अर्धवार्षिक रुपमा समीक्षा गर्ने, परीक्षा इकाई बनाउने, अभिभावक भेला तीन÷तीन महिनामा गर्ने, विद्यालयको भौतिक, आर्थिक अभिलेख दुरुस्त राख्ने, त्रैमासिक, दोस्रो त्रैमासिक र वार्षिक परीक्षाको नतिजा प्रतिवेदन दिने लगायतका बुँदा रहेका छन् ।

प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप गर्ने, स्वस्थ दिवा खाजाको व्यवस्था गर्ने, मूल्यांकनका आधारमा प्रधानाध्यापकको करार अवधि थप्ने कि नथप्ने निर्णय गर्ने लगायतका बुँदा सम्झौतामा समेटिएका छन् ।

‘यस वर्षको सिकाई उपलब्धिको लक्ष्य ३० प्रतिशत भएपनि हामी ५० प्रतिशत नघाउने छौं’ नगर प्रमुख बानियाँले भने ।
गत आर्थिक बर्षको पालिका स्तरिय परिक्षामा ५ र ८ कक्षामा ६ विद्यालयको नतिजा शुन्य थियो भने ६ वटा विद्यालयबाट १ जना विद्यार्थी मात्र पास भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार