शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

  • मङ्लबार, जेष्ठ ९, २०८०
अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

वासिङटन डिसी — संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन्।

पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए । त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो ।

गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । फक्स न्युजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था सामान्य छ । पीडितहरूको पहिचान हुन सकेको छैन । के कारणले गोली चलाएको हो भन्ने बारे अनुसन्धान जारी छ ।

सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ । साभार

चर्चामा

सम्बन्धित समाचार