बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बुढिगंगा नगरपालिका सुरु पोषण सप्ताह सम्पन्न

बुढिगंगा नगरपालिका सुरु पोषण सप्ताह सम्पन्न

  • सोमवार, जेष्ठ ८, २०८०
बुढिगंगा नगरपालिका सुरु पोषण सप्ताह सम्पन्न

बाजुरा– बुढिगंगा नगरपालिकाका बिद्यालयमा सुरु पोषण सप्ताह सपन्न भएको छ । जेठ १ बाट सुरु भएको सप्ताह नगरपालिकामा बिद्यालयहरुमा विविध कार्याक्रम गरेर पोषण सप्ताह कार्यक्रम सुरु भएको भएको थियो ।
नगरपालिकाका २९ ओटा बिद्यालयका बालिबालिकालाई कार्यक्रममा सहभागिता रहेको थियो । होही अनुसार आज सोमबार अन्तिम दिन बुढिगंगा नगरपालिका ९को त्रिशक्ति माविमा कार्यक्रम समापन गरिएको आईडीएस नेपालका बुढिगंगा नगरपालिका संयोजक माया विष्टले बताईन ।
साताब्यापी कार्यक्रममा पोषण प्रदर्शनी, हाजिरी जवाफ प्रतियोगिता, जनचेतना अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम, स्वास्थ्य परिक्षण तथा जुकाको औषधि खुवाउने सरसफाई कार्यक्रम गरिने भएका छन । त्यसै गरी अतिरिक्त कार्यक्रम कविता, निवन्ध, पोषण सम्बन्धि गित, र विद्यालयमा स्वास्थ्य पोषण र सरसफाईको स्थितिबारे समिक्षा जस्ता कार्यक्रम संचालन हुदै आएका संयोजक विष्टले बताईन ।
नेपाल सरकारको पोषण सप्ताह कार्यक्रम प्रभावकारी बनाउने उद्देश्यले बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा, बिश्व खाद्यको सहकार्य एकिकृत्त विकास समाज, आईडीए नेपाल बाजुराको सहजीकरणमा विद्यालय पोषण सप्ताह कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रमले नगरपालिका भित्रका वालवालिकालाई कुपोषणबाट जोगीने र बिद्यालय बाहिर रहेका बालिबालिकालाई नियमित बिद्यालय पठाउने वातावरण सहज हुने भएको छ ।
आज समापन कार्यक्रममा ७,८, ९ र १० नम्वर वडाका सवै बिद्यलायहरु सहभागि रहेका थिए । जसमा समापन कार्यक्रममा सहभागि बिद्यालयका वालवालिका बिच हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । हाजिर जवाफ प्रतियोगितामा त्रिशक्ति मावि प्रथम, गिरीखेल्ने आधारभुत्त द्धितिय र सिगाडा मावि तृतिय भएका छ । क्रमस प्रथम द्धितिय र तृतियलाई सरसरफमाईका समाग्री कोल्टेक ब्रस सावुन र कापी कलम पुरस्कार दिएको छ ।
कार्यक्रममा वालवालिकालाइई जुकाको औषधि, स्वास्थय परिक्षण पोषण्को बारेमा जानकारी लगाएतका कार्यक्रम गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार