शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • हामी छौ, हजुरको साथमा संस्थाले काठमाडौमा निशुल्क खाना खुवाउदै

हामी छौ, हजुरको साथमा संस्थाले काठमाडौमा निशुल्क खाना खुवाउदै

  • सोमवार, जेष्ठ ८, २०८०
हामी छौ, हजुरको साथमा संस्थाले काठमाडौमा निशुल्क खाना खुवाउदै

काठमाडौ–काठमाडौमा रहेको हामी छौ, हजुरको साथमा संस्थाले निशुल्क खाना खुवाउने गरिरहेको छ । काठमाडौमा रहेका बिपन्न, आर्थिक अभाबमा रहेका ब्यक्तिलाइ संस्थाले १ बर्ष देखी निशुल्क खाना खुवाउने कार्यक्रम गरिरहेको संस्थाका अध्यक्ष दिनेश परियारले वताएका छन् ।
हप्ताको एकपटकमा पचास जना बढीलाइ काठमाडौका गंगोबु, बालाजु, माछापोखरी लगायतका ठाउँमा निशुल्क रुपमा खाना खुवाइरहेको छ । कसैले पनि एकछाक राम्रो सँग खाना नपाउ भन्ने उद्देश्यले यो अभियान शुरु गरेको दिनेशले वताएका छन् । सडकपेटिमा अलपत्र परेकाले बढी राहत पाएका छन् ।
संस्थाले हामी छौ हजुरको साथमा टिभि कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । लाइभ दोहोरी कार्यक्रम मात्र नभइ दिनदुखीलाइ सहयोग गर्दै आएको छ । संस्थाले अस्पतालमा पैसा अभाबमा अलपत्र परेका बिरामीलाइ पनि सहयोग गरिरहेको संस्थाका अध्यक्ष परियारले जनाएका छन ।
संस्थाले बिशुद्ध सेवा भावनाले काम गरिरहेको छ । संस्थामा विनोद, पुष्कर लगायतले निशुल्क रुपमा सहयोग गरिरहेका छन् । हाम्रो पैसा कमाउने तथा अन्य कुनै राजनितिक उद्देश्य नभएर बिशुद्ध सेवा भावनाले अघि बढेको दिनेशले वताएका छन् । अन्य सामाजिक सेवा पनि गरिरहेको उनले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार