बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • पाण्डुसेनमा पशु, कृर्षि र आयुवेद्रिक औषधालय स्थापना

पाण्डुसेनमा पशु, कृर्षि र आयुवेद्रिक औषधालय स्थापना

  • बुधबार, जेष्ठ ३, २०८०
पाण्डुसेनमा पशु, कृर्षि र आयुवेद्रिक औषधालय स्थापना

बाजुरा — बुढिनन्दा नगरपालिकाको पाण्डुसेनमा पशु, कृर्षि र आयुवेद्रिक औषधालय स्थापना गरिएको छ । नगरपालिकाका ७, ८, ९ र १० नम्वर वडालाई सेवा दिने गरि औषधालय स्थापना गरिएको नगरपालिकाले बताएको छ ।
भौगोलिक विकटतालाई मध्यनजर गर्दै पाण्डुसेन क्षेत्रका चार वडालाई सेवा प्रबाह सहज गर्न औषधालय स्थापना गरिएको नगर प्रमुख जनक कुमार बोहोराले बताए । स्थानियले सामान्य एक पोका विउ र बस्तुभाउ बिरामी हुदा समान्य औषधि उपचार गर्न नगरपालिका र सदरमुकाम जानु पर्ने बाध्यता रहदै आएको थियो । औषधालय स्थापना पछि त्यो समस्य हट्ने बोहोराले बताए । औषधालय स्थापना पछि स्थानिय खुशी भएका छ ।
नगरपालिकाले खुशी जनता समृद्ध बुढिनन्दा नगरपालिकाको नारालाई साकार पार्न र आफु निर्वाचनको समयमा जनता सामु बोलेको बचार प्रतिबद्धता पत्र अनुसार काम अगाडी बढाएको नगरप्रमुख बोहराले बताए । समस्य बढि सिमित साधन श्रोतका बाब्जुत नगरपालिकाका नजताको समस्या समाधान तर्फ दिनरान नभनि लागि परेको बताउनु भयो ।
जेठ २ गते एक कार्यक्रममा विच पशु र कृर्षि आयुवेद्रिक औषधालयका स्थापना गरिएको हो । उद्धाटन कार्याक्रममा नगरप्रमु जनक कुमार बोहोरा, उपप्रमुख राम बहादुर बोहोरा १ देखी १० वडाका वडा अध्यक्ष कार्यालय प्रमुख लगाएत स्थानियका उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार