बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल प्रमुख जाेशीलाई एक हप्तामा बाजुरा छोड्न अनेरास्ववियू र राष्ट्रिय युवा संघको माग

जिल्ला अस्पताल प्रमुख जाेशीलाई एक हप्तामा बाजुरा छोड्न अनेरास्ववियू र राष्ट्रिय युवा संघको माग

  • मङ्लबार, जेष्ठ २, २०८०
जिल्ला अस्पताल  प्रमुख जाेशीलाई एक हप्तामा बाजुरा छोड्न अनेरास्ववियू र राष्ट्रिय युवा संघको माग

बाजुरा — जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीलाई जिल्ला छोड्न नेकपा एमाले निकट अनेरास्वबियु बाजुरा र राष्ट्रिय युवा संघ बाजुराले ध्यानकर्षण पत्र बुझाएको छ । जिल्ला अस्पतालमा राजनिती गर्ने अस्पतालमा आउने बिरामीहरुलाई राम्रो सेवा नदिएको भन्दै अनेरास्ववियु बाजुरा र राष्ट्रिय युवा संघ बाजुराले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
कार्यालय प्रमुख र अस्पताल ब्यबस्थापन समितिको लापारबाही रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा देखीएको लापरबाही र संस्थागत रुपमा जनताको स्वास्थ्य माथी खेलवाड भएको प्रति अनेरास्ववियु र युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
अनेरास्ववियु बाजुराका सचिव हिक्मत राेकाया  र युवा संघ नेपाल बाजुराका अध्यक्ष मिलन अएडीकाे नेतृत्वमा गएको टाेलीले जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डाक्टर मिलन जाेशीलाइ बुझाएकाे ध्यानाकर्षण पत्रमा  नेतृत्व र प्रशासकबाट नै आफ्ना निहित स्वार्थका लागि जिल्लामा सेवा प्रबाह भईराखेको बिषशेज्ञ सेवा समेत हटाई ब्यक्तीगत लाभको खेलोमेलो भएको प्रति घोर निन्दा गर्दछौ ध्यानाकषर्ण पत्रमा भनिएको छ ।
जिल्ला अस्पताल बाजुरामा बिषशेज्ञ चिकित्सकीय सेवाको सुनिश्चितता गरियोस, जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख कार्यालय समयमा उपस्थित नुहने, मादिरा सेवन गरि कार्यालयमा उपस्थित हुने र स्वास्थ्य सेवामा गम्भिर लापरबाही गरिहेको हुनाले आफ्नो परिभाषीत जिम्मेवारी बमोजिम काम कार्बाही गर्नुपर्ने लगायतका मागहरु राखेको राष्ट्रिय युवा संघ बाजुराले जनाएको छ ।
त्यसै गरी जिल्ला अस्पताल बाजुराले प्रदान गर्ने अत्याआवस्यकिय सेवालाई गुणस्तिरिय सर्भसुलभ, जनमैत्रि बनाईयोस, जिल्ला अस्पताल बाजुराले ब्यबस्थापन समितिमार्फत संकलन हुने आम्दानी र खर्चको बिवरण सार्बजनिक गर्न लगायतका माग राखेको राष्ट्रिय युवा संघ बाजुराले जनाएको छ ।
संस्थागत सुत्केरी वाफत र फार्मेसीको रकम हिनामिना भएको तथ्य सार्वजनिक भएकोले को ? कसले ? हिनामिना गरेको हो त्यसको तत्काल छानविन गरि आवस्यक कार्वाही गरियोस, निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीको अनैतिक, भ्रष्ट र सेटिङ ब्यवाहारका कारणले जिल्लामा आईसकेको एमडिजिपी डाक्टर बाध्य भएर जानुपर्ने स्थिती श्रृजना भएकोले निज कार्यालय प्रमुखले एक हप्ताभित्र जिल्ला अस्पताल छोडेर जानुपर्ने, कार्यालय प्रमुखले एक हप्ताभित्र अस्पताल छोडी सेवा प्रभाहमा सहयोग पुर्याउनुपर्ने अन्यथा हामी निर्मम कदम उठाउन बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार