बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • अनेरास्ववियु बाजुरा क्याम्पसद्धारा वक्तित्वकला प्रतियाेगिता

अनेरास्ववियु बाजुरा क्याम्पसद्धारा वक्तित्वकला प्रतियाेगिता

  • सोमवार, जेष्ठ १, २०८०
अनेरास्ववियु बाजुरा क्याम्पसद्धारा वक्तित्वकला प्रतियाेगिता

बाजुरा– नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु बाजुराले आज आफ्नो ५९ औँ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा बाजुरा क्याम्पस इकाई कमिटीले पनि बिभिन्न कार्यक्रम गरी मनाएको हो । अनेरास्ववियु बाजुरा क्याम्पस कमिटिले स्थानिय स्वादेशी उत्पादन हाम्रो आत्मसम्मान भन्ने शिर्षकमा बक्तित्वकला प्रतियोगीताको आयोजना गरि मनाएको अनेरास्ववियु क्याम्पस कमिटिले जनाएको छ । त्यसै गरी बडिमालिका मन्दिर र बजार क्षेत्रमा सरसफाई लगायतका बिभिन्न कार्यक्रम गरी मनाएको अनेरास्ववियुका नेता प्रेम नेपालीले बताएका छन ।
अनेरास्ववियु बाजुरा क्याम्पस ईकाईका अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा संचालन भएको बक्तित्वकला प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बाजुराका जिल्ला कमिटि सचिव भरत थापा रहेका थिए । बिषिष्ठ अतिथिका रुपमा बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा, बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश पण्डित रहेका थिए । बक्तित्व कला प्रतियोगीताको संचालन अनेरास्ववियु बाजुरा क्याम्पस इकाईका सचिव प्रकाश खड्काले गरेका थिए भने स्वागत प्रेम नेपालीले गरेको अनेरास्ववियुले जनाएको छ ।
बक्तित्व कला प्रतियोगिता कार्यक्रमा नेबिसंघ बाजुराका सभापती जनक थापा, अनेरास्ववियु बाजुराका अध्यक्ष दिल बहादुर थापा भोटे, युवासंघ बाजुराका अध्यक्ष मिलन अएडी लगायत युवा तथा बिध्यार्थी नेताहरुको सभागीता रहेको थियो ।
बक्तित्वकला प्रतियोगितामा ६ जना बिद्यार्थीहरुले सहभागीता रहेको थियो । जसमा प्रथम नरेन्द्र बिक, द्धितिय महेस नेपाली र तेस्रो स्थानमा सोधा नेपाली र पुष्पा पाध्याय रहेका थिए । बिजेतालाई कर्मस प्रथमलाई ३ हजार नगत सहित प्रमाण पत्र, द्धितियलाई २ हजार नगद सहित प्रमाण प्रत्र र तेस्रो हुने बिजेतालाई जनही १ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको अनेरास्ववियु बाजुरा क्याम्पस ईकाइले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार