बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • समाचार
  • आफन्तको घरमा लुकेका थिए टोपबहादुर

आफन्तको घरमा लुकेका थिए टोपबहादुर

  • सोमवार, जेष्ठ १, २०८०
आफन्तको घरमा लुकेका थिए टोपबहादुर

आइतबार साँझ प्रहरी पुग्दा एमाले सांसद टोपबहादुर रायमाझी बुढानिलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका थिए । वैशाख ३० मा साँझ उनी काठमाडौं आएका हुन् ।
प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्यूरो’ले उनलाई निगरानी गरिरहेको थियो । आइतबार साँझ ब्यूरोको टोली टोपबहादुर बसेको घरमा पुग्यो । एमालेका निलम्बित सचिव रायमाझीलाई ब्यूरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

उनलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा रायमाझी पक्राउ परेका हुन् । शरणार्थी प्रकरणमा सोह्रखुट्टे वृतको थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी वृत दरबारमार्गमा अड्डासार गरिएको छ ।

पक्राउ गरेपछि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परिक्षण गर्नेबेला चिकित्सकसँग रायमाझिले भने, ‘१ गिलास बियर लिएको छु ।’ उनलाई म्याद थपको लागी प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।

चर्चामा

सम्बन्धित समाचार