आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आज बृहत् खोप अभियान, देशैभरि खोप लगाइँदै

आज बृहत् खोप अभियान, देशैभरि खोप लगाइँदै

  • आइतवार, बैशाख ३१, २०८०
आज बृहत् खोप अभियान, देशैभरि खोप लगाइँदै

बाजुरा– आज बृहत् खोप अभियान । खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ ।  स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइने स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाईने जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार