शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मानिसले नै पत्थरलाई भगवान बनायो

मानिसले नै पत्थरलाई भगवान बनायो

  • शनिबार, बैशाख ३०, २०८०
मानिसले नै पत्थरलाई भगवान बनायो

देश टुक्रिन्छ तर दोसी सम्विधान हुन्छ,
जो राष्ट्रियता र गणतन्त्रकै परान हुन्छ।

भाडाका सैनिक बन्छन् नेपालका युवा,
ज्यान लिनेहरू विस्वका धनमान हुन्छ।

नागरिक, लेखेर राखौं सबैले यही कुरा,
आफ्नै मनभित्र भगुवान र सैतान हुन्छ।

परिवर्तन गर्नखोज्ने शहीद हुन्छन् सधै,
अवसरबाद सँग त उनैका उखान हुन्छ।

अचेल सन्सारमै छ राज सैतानहरू को,
कुपुत्रकै हात देशभक्तको चिहान हुन्छ।

आस्था राख्छन् जनताले ढुङ्गामा पनि,
छट्टुलाई थाहाछ जनता नादान हुन्छ।

मानिसले नै पत्थरलाई भगवान बनायो,
उसैको अपमान र पत्थरको शान हुन्छ।

चर्चामा

सम्बन्धित समाचार