शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कसरी जोगाउँछौ नागरिक मातृत्व भूमी

कसरी जोगाउँछौ नागरिक मातृत्व भूमी

  • बुधबार, बैशाख २७, २०८०
कसरी जोगाउँछौ नागरिक मातृत्व भूमी

उही नागरिकता विधेयक सदर गर्नथाले,
फेरी देश फिजि बनाउँने खबर गर्नथाले।

कसरी जोगाउँछौ नागरिक मातृत्व भूमी,
बिदेशीकै हवाला यो गाउँ सहर गर्नथाले।

यस्पाली देशलाई झनै खतरामा पार्नेछन्,
सरकारी साँडले राष्ट्रघात भर्खर गर्नथाले।

अछुतो छैन सरकार भित्र दलाल बिदेशी,
भरेर बिदेशी यो देशभित्र गदर गर्नथाले।

फिजिको बाटो सिक्किम पुराउँने योजना,
सधैभरी यिनी गद्धारले सकभर गर्नथाले।

चर्चामा

सम्बन्धित समाचार