बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • समाचार
  • सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरूवा (सूचीसहित)

सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरूवा (सूचीसहित)

  • मङ्लबार, बैशाख २६, २०८०
सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरूवा (सूचीसहित)

काठमाडौं– सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो । सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्‍य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमै कार्यरत सहसचिव कृष्णप्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरूवा गरिएको छ ।

यस्तै कोशी प्रदेशको मुख्‍यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव ज्ञानेन्द्र प्रासद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ । यस्तै कोशी प्रदेशको मुख्‍यमन्त्री कार्यालयमा कार्यरत अर्का प्रदेश सचिव सुरेश न्यौपानेलाई कोशी प्रदेशकै नीति तथा योजना आयोगमा सरूवा गरिएको छ ।

हेर्नुहोस् कुन सहसचिव कहाँ सुरूवा भए ?

चर्चामा

सम्बन्धित समाचार