• होमपेज
  • बुढीगंगा
  • बाल गायक सुप्रिम मल्लले तताए बार्जु महोत्सव

बाल गायक सुप्रिम मल्लले तताए बार्जु महोत्सव

  • आइतवार, बैशाख २४, २०८०
बाल गायक सुप्रिम मल्लले तताए बार्जु महोत्सव

बाजुरा — वैशाख २० गतेबाट संचालन भएको बार्जु महोत्सवको चौथो दिनको माहोल चर्चित बाल गायक सुप्रिम मल्लले तताएका छन् । “बार्जु सभ्यताको पहिचान, समृद्धिको सहयात्रा” भन्ने मुल नाराका साथ सुदूर साहित्य प्रतिष्ठानको आयोजनमा आयोजना गरिएको महोत्सवको चौथो दिन बाल गायक मल्लले माहोल तताएका हुन् ।
बाल गायक मल्लले धोकबाज, ओए काजल, फापरको पिठो, परान बाँकी छ लगायतका दर्जन बढी गीत गाएर दर्शकहरुको मन जितेका थिए ।
महोत्सवको चौथो दिन आज हजारौं बढी दर्शकहरुको सहभागीता रहेको थियो । ३ बजेबाट सुरु गरिएको महोत्सवको पहिलो प्रस्तुती बाजुराकै गायक डम्मर विश्वकर्माबाट सुरु गरिएको हो । जसमा गायक जनक कार्की, साहित्यकार तथा गायक हिक्मत शाही (क्षितिज), हाँस्य कलाकार दीपेन्द्र ओली लगायतले प्रस्तुती प्रस्तुत गरेका हुन् ।
आजको समृद्धिका लागि बार्जु संवादमा नेपाल सरकारका उपसचिव डा. पुष्पराज पाध्याय, सामाजिक अभियान्ता लाल बहादुर ओली, वरिष्ठ पत्रकार अर्जुन शाह, बडीमालिका क्याम्पसका उपप्राध्यापक तपेश्वरी ढुंगाना (जोशी) संग वरिष्ठ पत्रकार कृष्ण ओलीले सहजीकरण गरेका थिए।
महोत्सव आगामी वैशाख ३० गतेसम्म सञ्चालन गरिने आयोजक सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन । महोत्सवलाई थप व्यवस्थित समेत गरिदैं लैजाने बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार