शनिबार, असार २०, २०८३
  • होमपेज
  • समाचार
  • संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

  • शुक्रबार, बैशाख २२, २०८०
सेयर गर्नुहोस् :
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं– संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ,’ कार्कीले भने । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार