शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उठ जाग गरिब मजदुर अधिकार खोस्नु पर्छ

उठ जाग गरिब मजदुर अधिकार खोस्नु पर्छ

  • शुक्रबार, बैशाख २२, २०८०
उठ जाग गरिब मजदुर अधिकार खोस्नु पर्छ

उठ जाग गरिब मजदुर अधिकार खोस्नु पर्छ,
सन्सारलाई सिङ्गार्ने अब हतियार खोस्नु पर्छ।

शोशक सामन्तिको अँझै छ बिगबिगी देशमा,
श्रमजिवीहरू यो आफ्नो सन्सार खोस्नु पर्छ।

मार्क्सवादको नाममै खेलवाड भयो सधैभरी,
श्रमजिवीमाथी प्रहारगर्ने औजार खोस्नु पर्छ।

न लडौँ आ आफ्नै स्वार्थको लागी आपसमा,
सर्वहारा ज्यामि मुक्तिको आधार खोस्नु पर्छ।

अवसरबादको हातमा गयो लगाम क्रान्तिको,
एक जुट भएर गरौँ हामीले प्रहार खोस्नु पर्छ।

काट्नुछ दुश्मनको जरो मालेमाकै हतियारले,
गरिबको अब सत्ता लडेर आरपार खोस्नु पर्छ।

चर्चामा

सम्बन्धित समाचार