मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बडिमालिका
  • आर्थिक अभाव हुँदा अस्पतालकाे शैयामा छटपटाउँदै मार्तडीका प्रकाश विक

आर्थिक अभाव हुँदा अस्पतालकाे शैयामा छटपटाउँदै मार्तडीका प्रकाश विक

  • बिहिबार, बैशाख २१, २०८०
आर्थिक अभाव हुँदा अस्पतालकाे शैयामा छटपटाउँदै मार्तडीका प्रकाश विक

बाजुरा — बडिमालिका नगरपालिका वडा न ९ का ३७ बर्षिया प्रकाश बहादुर विकको आर्थिक श्रोत नहुदा अस्पतालको शैयामा छटपटाई रहेका छन । उनि काठमाण्डौ स्थित शिक्षण अस्पतालको न्युरो वार्डमा उपचारार्थ रहेका छन् । लडेर घाइते भएका विकको टाउकोमा रगत जमेको (ब्रेन हेमरिज) रहेको अस्पतालले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको उनकी श्रीमती निर्मला विकले बताइन ।
३७ बर्षका प्रकाश केही समय अगाडी लडेर घाइते भएका र उनको टाउको रगत जमेको अस्पतालले जनाएको छ । उनको पारीवारीक आर्थिक श्रोत नहुदा उपचारमा समस्या भएको प्रकाश बहादुर विकका दाइ सम्ररामे विकले बताए । गरिव परिवार भएको र आर्थिक छ उहाँलाइ सक्दो सहयोग गरम । एक बोतल पानि किन्ने पैसा नभएर समस्यामा परेको उनका आफन्तले बताएका छन ।
शिक्षण अस्पतालको शैयामा रहेका श्रीमान बचाउन उनकी श्रीमती निर्मला बिकले हार गुहार गरीरहेकी छन । प्रकाश लडेर घाइते भएपछि जिल्ला अस्पताल हुदै नेपालगञ्ज मेडिकल पुगाएका थिए । त्यहाँ सञ्चो नहुने भनेपछि हाल काठमाडौं शिक्षण अस्पतालको न्युरो वार्डमा उपचारार्थ छन् ।

चर्चामा

सम्बन्धित समाचार