बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • समाज
  • उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

  • बुधबार, बैशाख २०, २०८०
उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौँ– शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने घटनामा मुछिएसँगै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले बुधबार अपराह्न उनलाई पक्राउ गरेको हो ।

हाल उनलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उपराष्ट्रपतिको कार्यालयमा सरुवा हुनुअघि उनी गृह मन्त्रालयमा सचिव थिए । गृह मन्त्रालयमा सचिव रहेकै बेला नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग उनको साँठगाँठ रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार