• होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काँग्रेस बाजुराले बुझायो मुख्यमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र

नेपाली काँग्रेस बाजुराले बुझायो मुख्यमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र

  • बुधबार, बैशाख २०, २०८०
नेपाली काँग्रेस बाजुराले बुझायो मुख्यमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र

बाजुरा– नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई १० बुदेँ ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेस बाजुराका कार्यबाहक सभापती पदम बडुवालले जिल्लाको समसामुहीक सवालका बिषयमा  भ्रमणका क्रममा बाजुरा पुगेका मुख्य मन्त्री शाहलाइ ज्ञापन पत्र बुझाएकाे हाे  ।
बाजुरा जिल्लालाई मानव बिकास सुृचाङकको ७७ औँ स्थानबाट बिकाशउन्मुख जिल्ला सरह बिकाश गर्न परियोजना संचालन गर्न माग राखेको छ । त्यसै गरी बाजुराका नौ ओटै स्थानिय तहका केन्द्र सम्म सवारी आगमनका लागि बिभिन्न ठाउँमा पक्की पुल बनाउनुका साथै सडकको स्तरोन्ती गर्न माग गरेको नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका कार्यबाहक सभापती पदम बडुवालको हस्ताक्षेरीत ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
त्यस्तै जिल्ला सदरमुकाम मार्तडीमा रहेको ५० सैया अस्पताल संचालनका लागि आवस्यक उपकरण तथा बिषशेज्ञ सहितका डाक्टरको दरबन्दी गर्न माग गरेको कार्यबाहक सभापती पदम बडुवालले बताएका छन । जिल्लामा रहेका क्याम्पसहरुको शैक्षिक र भौतिक स्तरोन्ती र आवस्यक दरबन्दी पुरा गर्नुका साथै बहु प्राबिधीक शिक्षालयका लागि संचालनका लागि सहयोग गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यसै गरी जिल्ला भरी अध्यारोमा रहेका नागरिकको घर सम्म नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणको लाईन बिस्तारका लागि पहल गर्न माग पत्रमा उल्लेख गरेको छ । जिल्लालाई आत्मनिर्भर बनाउन बिषेश कृषि कार्यक्रम र जिल्लाका सबै ठाउँमा फोर जि सहितको संचारमा पुहच पुर्याउन माग गरेको छ । ज्ञापन पत्रमा बडिमालिका ९ कपल्टमा हवाई बिमान स्थलका लागि पहल गरिदिन उल्लेख गुर्नका साथै बडिमालिका नगरपालिका ८ मा रहेको बिपी स्मिृती भवनको तला थप गर्न माग गरेको कार्यबाह सभापती बडुवालको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार