मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • क्यान्सरबाट ग्रसित मार्तडीका प्रशादेको १५ हजार नहुँदा किमो–थेरापी चलाउन रोकियो

क्यान्सरबाट ग्रसित मार्तडीका प्रशादेको १५ हजार नहुँदा किमो–थेरापी चलाउन रोकियो

  • बुधबार, बैशाख २०, २०८०
क्यान्सरबाट ग्रसित मार्तडीका प्रशादेको १५ हजार नहुँदा किमो–थेरापी चलाउन रोकियो

बाजुरा — बाजुराको बडीमालिका नगरपालिका ९ बस्ने प्रशादे विक आर्थिक अभाबमा उपचारमा समस्यामा परेका छन् । फोक्सो क्यान्सर भएका प्रशादे शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) अन्तर्गत ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ मा उपचार गराइरहेका छन् ।
चिकित्सकले प्रशादेलाइ किमो–थेरापी चलाउनका लागि दुइ दिन पहिला नै भनिसकेका छन् । एकपटक किमो–थेरापी चलाउनका लागि न्युनतम १५ हजार जति आबश्यक पर्छ, तर प्रशादेसँग पैसा नहुँदा किमो–थेरापी गर्न नसकेको छोरा हर्क विकले वताएका छन् । पैसा नभएपछि विपन्नको शिफारीसका लागि कुरिरहेका छन् । पालिकामा बिपन्नको शिफारीसका लागि भनेको छ, तर सक्कलीनै चाहिने भएकाले काठमाडौ पुग्न केही समय लाग्ने भएको छ ।
प्रशादे बडीमालिका नगरपालिकामा करारमा कार्यलय सहयोगि पदमा कार्यरत रहेका छन् । नगरपालिकाको केही सहयोग र रिन काढेर १ हप्ता पहिलो फोक्सोको अप्रेशसन गरेका थिए । तिन महिना पहिला देखी थला परेका प्रशादेको १ लाख ७० हजार भन्दा बढी खर्च भइसकेको छ । भएको रकम सबै सकिसकेको छ, अहिले एकपटक किमो–थेरापी चलाउनलाई १५ हजार पनि नभएर बुवा अस्पतालमा अलपत्र परेको छोरा हर्कले वताएका छन् । न्युनतम १० पटक किमो–थेरापी गर्नुपर्ने भनेको छ, एकपटक किमो–थेरापी गर्नलाइ त पैशा छैन, दश पटक गर्नलाइ कहाँ बाट ल्याउने प्रशादेले वताएका छन् ।
एक पटकको किमो–थेरापीको खर्च न्युनतम १५ हजार लाग्ने अस्पतालले वताएको छ । किमो–थेरापी मार्फत क्यान्सरको उपचार गर्न १ बर्ष जति समय लाग्ने गरेको छ । १ बर्ष उपचार तथा खान बस्नको खर्च २ लाख भन्दा बढी लाग्ने भएको छ । पैसा नहुदा बुवाको उपचार कसरी गर्ने भन्ने चिन्ता भएको छोरा हर्कले वताएका छन् । बुवाको करारको जागिरले परिवार पाल्ने गरेका थियौ, बुवा नै बिरामी भएपछि उपचार गर्ने देखी परिवार पाल्नमा समस्या भएको प्रशादेको छोराले वताएका छन् ।
प्रशादे बिरामी भएर जिल्ला अस्पताल बाजुरामा सञ्चो नभएपछि अछामको बयलपाटा अस्पताल रिफर गरेको थियो । बयलपाटाले पनि सञ्चो नभएको भन्दै सेति प्रादेशिक अस्पताल धनगढी पठाएको थियो । त्यहाँ पनि रोगको पहिचान नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । त्यहाँ चेकजाँच गर्दा क्यान्सर भएको पत्ता लागेको थियो ।

चर्चामा

सम्बन्धित समाचार