शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकामा भूकम्प कारण थप घरहरु जोखिममा

गौमुल गाउँपालिकामा भूकम्प कारण थप घरहरु जोखिममा

  • सोमवार, बैशाख १८, २०८०
गौमुल गाउँपालिकामा भूकम्प कारण थप घरहरु जोखिममा

बाजुरा– गौमुल गाउँपालिकामा भूकम्पका कारण घरहरु चर्किएका छन् । गत माघ १० गते आएको भूकम्पका कारण ठुलो क्षति बेहोर्न बाध्य बनेका स्थानीयहरु यहीँ वैशाख १५ गते आएको भूकम्पले थप घरहरु चर्किएसंगै जोखिममा परेका छन् । गाउँपालिकाका ६ वटै वडाका प्रत्येक बस्तीहरु भूकम्पका कारण जोखिममा परेको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताए ।
यसअघि आएको भूकम्पले थिलथिलो बनेको गाउँपालिकामा थप भूकम्पका कारण घरहरु चर्किएको तथा जोखिममा परेको अध्यक्ष रोकायाले बताएका छन । गत माघमा आएको भूकम्पका कारण केही मात्रामा चर्किएका तथा जोखिममा परेका घरहरु पुनः आएको भूकम्पले थप क्षति गरेको अध्यक्ष रोकायाको भनाइ रहेको छ

साना तथा ठुला धक्का र भूकम्पका कारण गाउँपालिका भरिका सबै वडाका घरहरु जोखिममा परेको गौमुल गाउँपालिकाका उपाअध्यक्ष सिता थापाले बताएकी छन । गत महिनामा आएको भूकम्पको यथार्थ विवरण संकलन गरिसकेको भएपनि थप विवरण संकलन गर्ने उपाअध्यक्ष थापाले बताएकी छन । गाउँपालिकामा गत माघ १० गते आएको भूकम्पका कारण गौमुल गाउँपालिका-१ मा रहेको खौला बस्ती र गौमुल गाउँपालिका-२ मा रहेको आँगर बस्ती पूणर् रुपमा ध्वस्त भईसकेको छ ।
गाउँपालिकाका १, २, ३, ४, ५ र ६ नम्बर वडाका सबै बस्तीहरुमा आंशिक र पूणर् रुपमा घरहरु चर्किनुका साथै जोखिममा रहेको ईलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाले जनाएको छ ।
ध्वस्त भएका दुईवटै बस्तीका स्थानीयहरुको सुरक्षित स्थानमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाउनुका साथै बस्ती विस्तारका लागि पहल गरिरहेको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन ।
विभिन्न दातृ निकाय तथा गाउँपालिकाले पीडित परिवारहरुलाई टिनका टहराहरु निमाणर् गरी तत्कालका लागि व्यवस्थापन गरेको उनले बताए । गाउँपालिका संग सीमित श्रोत साधन मात्र हुने भएकाले तत्काल व्यवस्थापन गर्न कठिन भएको हो ।

चर्चामा

सम्बन्धित समाचार