मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जय मालिका यातायातको पाँचौं अधिवेशनबाट अध्यक्षमा रावल निर्वाचित

जय मालिका यातायातको पाँचौं अधिवेशनबाट अध्यक्षमा रावल निर्वाचित

  • सोमवार, बैशाख १८, २०८०
जय मालिका यातायातको पाँचौं अधिवेशनबाट अध्यक्षमा रावल निर्वाचित

बाजुरा– जय मालिका यातायात प्रा.लि.को पाँचौं अधिवेशन तथा १० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा पृथ्वी रावल निर्विरोध निर्वाचित भएका छन् । शनिबारबाट सुरु भएको उक्त अधिवेशनमा रावललाई दुई वर्ष कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
प्रा.लि.को वरिष्ठ उपाध्यक्ष सुरेन्द्र रोकाया,उपाध्यक्ष देवेन्द्र शाह,उद्धार उपाध्ययक्ष मीनबहादुर रोकाया निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएकाे छ ।
उम्मेदवारी दिएका उम्मेदवारहरुको सहमतीमा नयाँ कार्य समिति चयन गरिएको निर्वाचन समितिले जनाएकाे छ । यस्तै महासचिवमा देबेन्द्र नाथ,सचिव सुरेन्द्र नाथ,कोषाध्यक्ष कालु नाथ गरी १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको निर्वाचन समितिले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार