सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश २
  • बारा-२ मा उपेन्द्र यादव विजयी

बारा-२ मा उपेन्द्र यादव विजयी

  • बुधबार, बैशाख १३, २०८०
बारा-२ मा उपेन्द्र यादव विजयी

उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् ।

नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएर तेस्रो भएका छन् । चितवन र तनहुँमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने दुई हजार ८ सय २९ मत मात्र पाएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ चितवन, तनहुँ र बारा तीनवटै क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । दुई क्षेत्र रास्वपा विजयी हुँदा बारामा जसपा विजयी भएको हो । जसपाका अध्यक्ष यादव सत्ता गठबन्धनका उम्मेदवार हुन्।

बारा–२ मा ६९ हजार १ सय ७ मत खसेको थियो । यो उपनिर्वाचनबाट मंसिर ४ गतेको चुनावमा सप्तरी– २ मा सिके राउतसँग पराजित यादव विजयी भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार