मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा कक्षा ५ र ८ को परीक्षामा ६ बिद्यालय परिक्षफल शुन्य

बुढिगंगा नगरपालिकामा कक्षा ५ र ८ को परीक्षामा ६ बिद्यालय परिक्षफल शुन्य

  • शुक्रबार, बैशाख ८, २०८०
बुढिगंगा नगरपालिकामा कक्षा ५ र ८ को परीक्षामा ६ बिद्यालय परिक्षफल शुन्य

बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिकामा शैक्षिक सत्र २०७९ को आधारभूत तह कक्षा ५ र कक्षा ८ को परीक्षामा शून्य नतिजा प्राप्त गर्ने विद्यालयको संख्या ६ रहेको छ । केबल १ जना विद्यार्थी पास हुने विद्यालयको संख्या पनि ६ रहेको छ ।
बार्षिक परिक्षफल कक्षा ५ मा शुन्य हुने बिद्यालयहरुमा गिरीखेल्ने आधारभुत बिद्यालय, शान्तीकोट आधारभुत बिद्यालय, राजेन्द्र आधारभुत बिद्यालय, चैतेपिपल शुर्योदय आधारभुत बिद्यालय, जनप्रभात आधारभुत बिद्यालय र कुडी आधारभुत बिद्यालय रहेका छन । त्यसै गरी कक्षा ८ को बार्षिक परिक्षफल शुन्य हुने बिद्यालयहरुमा राजेन्द्र आधारभुत बिद्यालय कुडी आधारभुत बिद्यालय रहेका छन ।
परिक्षफलमा १ जना मात्रै बिद्यार्थी पास हुने बिद्यालयको संख्या पनि ६ रहेको ५ जसमा कक्षा ५ मा भगवती माबिमा ४५ जना बिद्यार्थी रहेकोमा १ जना मात्रै उत्तिर्ण भएका छन भने २ जनाको ग्रेडबृद्धी रहेको बुढिगंगा नगरपालिका शिक्षा शाखाले जनाएको छ । त्यसै गरी बजेडी आबिमा १ जना उत्तिर्ण भएका छन भने ९ जनाको ग्रेडबृद्धी रहेको जनाएको छ ।

ब्रह्मदेवस्थली आधारभुत बिद्यालयमा १० जना बिद्यार्थी सख्या रहेकोमा १ जना मात्रै उत्तिर्ण भएका  छन भने ६ जनाको ग्रेडबृद्धी रहेको तथ्याकंमा उल्लेख गरीएको छ । कुडीकोट आधारभुत बिद्यालय र कुडी आधारभुत बिद्यालयमा पनि १ जना मात्रै उत्तिर्ण भएको तथ्याङ्कमा उल्लेख गरीएको छ । त्यसै गरी कक्षा ५ कै धुरालशैन माध्यामिक बिद्यालयमा पनि १ जना मात्रै उत्तिर्ण भएको बुढिगंगा शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
त्यसै गरी कक्षा ८ को बार्षिक परिक्षामा बजेडी आधारभुत बिद्यालय मात्रै रहेको छ । बजेडी आधारभुत बिद्यालयमा १४ जना बिद्यार्थी परिक्षामा सहभागी भएका र १ जना मात्रै बिद्यार्थी उत्तिर्ण भएका शिक्षा शाखाले जनाएको छ । सो बिद्यालयमा ५ जनाको ग्रेडबृद्धी रहेको तथ्याकंमा उल्लेख गरीएको छ ।

चर्चामा

सम्बन्धित समाचार