शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • जगन्नाथ
  • साहित्यकार रावलले गरे जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण

साहित्यकार रावलले गरे जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण

  • बुधबार, बैशाख ६, २०८०
साहित्यकार रावलले गरे जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण

बाजुरा–  साहित्यकार तथा शिक्षक जस रावल जिज्ञासुले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल वितरण गरेका छन् । रावलले बुधबार जन्मदिनको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलपलु बितरण गरेर जन्मदिन मनाएका हुन ।
जन्मदिनको अवसरमा साहित्यकार तथा शिक्षक रावलले बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरेको बताएका छन । पछिल्लो समय जन्मदिन मनाउने उदेस्यले फजुल खर्च गर्ने परिपाटी भएकोले रावलले त्यस्तो नगरेर बिरामीलाई स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरेर जन्मदिन मनाएको बताएका छन ।
थोरै भएपनि बिरामीको स्वास्थ्य लाभको कामना गर्न पाउदा आनन्दित महसुस भएकोरावलले बताए । साहित्यकार रावल समता स्कुलका शिक्षक समेत रहेका छन । जगन्नाथ गाउँपा‍लिका घर भइ हाल सदरमुकाम मार्तडीमा कर्मथलाे बनाएका रावलले भने आफु सानैदेखी समाज सेवा गर्ने रुची भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार