मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बडिमालिका
  • साहाराको खोजीमा बडिमालिका ५ का १२ बर्षिया ओमु मिजार

साहाराको खोजीमा बडिमालिका ५ का १२ बर्षिया ओमु मिजार

  • मङ्लबार, बैशाख ५, २०८०
साहाराको खोजीमा बडिमालिका ५ का १२ बर्षिया ओमु मिजार

बाजुरा– बडिमालिका नगरपालिका वडा न ५ का १२ बर्षिया ओमु मिजार जन्मेदेखी साहारा बिहिन रहेका छन । हाल उनि साहाराकाे खाेजीमा रहेका छन । ओमुका बुवा र आमा पन्ध बर्ष पहिले भारतमा गएका र उनि पनि भारतमै जन्मीएका आफन्तहरुले बताएका छन । उनी साहारा बिहिन बनेपछी उनका गाउँका केही ब्यक्तीहरुले उनलाई लामो समय सम्म भारतको दिल्लीमै पालन पोषण गरे । त्यसपछि उनलाई ४ बर्ष पहिले भारतबाट घर ल्याएर घरमा ओमुकी एक्ली बुढि बज्यैको साहार पाएका थिए । बज्यैकाे उमेर ढल्किदै गएपछी उनकाे पठनपाठन त टाढाकाे कुरा भयाे के खाने भन्ने चिन्तामा रहेका छन  छिमेकीहरु बताउछन ।

उनी जन्मीएको ३ महिनामै बुवा छन्चरे मिजार ब्यपत्ता भए र आमाले पनि उनलाई छोडेर अर्कैसंग बिबाह गरेर गएपछी ओमु साहारा बिहीन बनेको बडिमालिका नगरपालिका ५ का वडा अध्यक्ष धरमपाल मिजारले बताए ।
हाल उनि बुढि बज्यैको साहारामा रहेका भए पनि आर्थिक श्रोत नुहदा पठन पाठन देखी खान बस्न समस्या रहेको वडाअध्यक्ष मिजारले बताए । केही दिन यता उनि बिरामी परेको र वडा कार्यालयमा सहयोगका लागि आउँदा नजिकैको मेडीकलबाट दुखाई कम गर्ने औषधी खाइरहेका भए पनि उनको पेटमा समस्या भएको हुन सक्ने र बाहिर जानुपर्ने स्थिती रहेको वडाअध्यक्ष मिजारले बताए ।

पारीवारीक श्रोत कमजोर भएका कारण उनले बिद्यालय समेत जान पाएका छैनन् । केही दिन अगाडी उनि बिरामी भए र थला परे उनको उपचार गर्ने आर्थिक श्रोत नहुदा अहिले घरमै छटपटाई रहेको बडिमालिका नगरपालिका ५ का वडा अध्यक्ष धरमपाल मिजारले बताए ।
सहारा दिने अभिभावक र सहयोग गर्ने आफन्त नहुँदा ओमु मिजार बिचल्लीमा परेका छन् केही दिन अगाडी बिरामी भए तर उनलाई उपचार गर्ने पैशा नभएर घरमै बसेका छन छिमेकीहरु बताउछन ।
‘बस्ने घर पनि छैन । काम गरि खाने जमिन पनि छैन’ १२ वर्षीया ओमु भन्छन, ‘मेरो कोही छैन रे । कहाँ जाने केही थाहा छैन ।’ आफू ३ महिनाको हुँदा बुवा बेपत्ता भए आमा अर्को बिहे गरेर जानुभयो भन्ने सुनेको छु आफुलाई आमाबुवाको माया त के हो थाहा पनि छैन छिमेकी नभएको भए म पनि कहा हुने थिए उनि बताउछन ।

चर्चामा

सम्बन्धित समाचार