शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जगन्नाथ
  • वित्तीय सुशासनमा जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो

वित्तीय सुशासनमा जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो

  • बुधबार, चैत्र २९, २०७९
वित्तीय सुशासनमा  जगन्नाथ गाउँपालिका  सुदूरपश्चिम प्रदेशकै पहिलो

बाजुरा — जगन्नाथ गाउँपालिका वित्तीय सुशासन जोखिम मूल्यांकनमा सुदूरपश्चिम प्रदेशकै पहिलो भएको छ । ८८ वटा पालिका मध्ये जगन्नाथ गाउँपालिका सबैभन्दा बढी ८२.५ नम्बर ल्याएर प्रदेशमै पहिलो बनेको हो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मूल्यांकन गरिएकोमा सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये बाजुराको जगन्नाथ गाउँपालिका पहिलो भएको हो । वित्तीय सुशासन जोखिम मुल्यांकन एफआएमा जगन्नाथ पहिलो हुँदा हिमाली गाउँपालिका आठौं स्थानमा पर्न सफल भएको छ ।

हिमालीले ६६ नम्बर ल्याएको छ । जगन्नाथ पहिलो हुँदा महाकाली नगरपालिका दिद्धीय, नौगाड गाउँपालिका तृतीय, जानकी गाउँपालिका चौथो, वैधकोट पाँचौ, दोधारा चाँदनी छटौं, भीमदत्त साता, बेलाैरी नवौ र ढिलासैन दशैं नम्बरमा पर्न सफल भएका छन् ।

यही वर्ष जगन्नाथ गाउँपालिका लिजामा पनि बाजुराको पहिलो र प्रदेशको आठौं स्थानमा पर्न सफल भएको थियो । शुसासन र वित्तीय सुशासनमा सबैभन्दा राम्रो अंक ल्याउन र पहिलो बनाउन सहयोग गर्ने कर्मचारी र स्थानीय सबैलाई गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले धन्यवाद दिएका छन् ।

८८ मध्ये बाजुुराका जगन्नाथ र हिमाली शिर्ष १० मा पर्न सफल भएका हुन् । वित्तीय सुशासन जोखिम मूल्यांकनमा योजना,बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यन्वयन, क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापन प्रमुख सूचकका रुपमा राखिएको हुन्छ ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार