मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पनि कोरोना संक्रमित भेटिए, दुई दिनमा तीन जनामा संक्रमण

बाजुरामा पनि कोरोना संक्रमित भेटिए, दुई दिनमा तीन जनामा संक्रमण

  • मङ्लबार, चैत्र २८, २०७९
बाजुरामा पनि कोरोना संक्रमित भेटिए, दुई दिनमा तीन जनामा संक्रमण

बाजुरा — बाजुरामा कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ । दुई दिनको अवधीमा मात्र तीन जनामा  संक्रमण देखिएको  जिल्ला अस्पताल बाजुराले जनाएकाे छ । कोरोनासँग मिल्ने लक्षण भएका विरामीमा जाँच गर्दा सक्रमण पुष्टी भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

चैत्र १४ गते बाजुरा जिल्ला बाहिरबाट आएका एक जनामा कोरोना संक्रमण देखिएको भोलि पल्ट बडीमालिका नगरपालिका भित्रकै दुई जना स्थानियमा पनि संक्रमण देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी  गिरीले बताएका छन् ।  विरामीमा ज्वरो आउने, खोकी लाग्ने सहीतका कोरोनासँग मिल्न लक्षण देखिएपनि जाँच गरिएको थियो । बाजुरामा ज्वरो, खोकी र घाँटीमा श्वासप्रश्वासको समस्या भएका विरामीको संख्या धेरै रहेको पाइएकाे छ ।

अस्पतालले पनि कोरोना लक्षण भएका सबै विरामीको जाँच गर्न सुरु गरेको जनाएकाे छ । लक्षण मिल्ने तीन जनामा गरिएको परिक्षणमा तीनै जनामा संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी  गिरीले बताएका छन् । बाजुरामा गएको ६ महिना यता कुनैमा पनि संक्रमण देखिएको थिएन् । लामो समयपछि संक्रमित देखिएकोले अस्पतालले थप सर्तकर्ता र चेकजाँचको दायरा बढाउने तयारी गरेको छ । लक्ष्मण मिल्ने विरामीलाई कोरोना जाँचका लागि अस्पतालले काेराेना परिक्षण गर्न आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार