• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एकल लाेक गायन प्रतियोगिता हुने

बाजुरामा एकल लाेक गायन प्रतियोगिता हुने

  • मङ्लबार, चैत्र २८, २०७९
बाजुरामा एकल लाेक गायन प्रतियोगिता हुने

बाजुरा– बाजुरामा चैत्र २९ गते एकल लाेक गायन प्रतियोगिता संचालन हुने भएकाे छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला शाखा बाजुराकाे आयाेजना र सामाजिक विकास कार्यालयकाे आर्थिक सहयाेगमा उक्त प्रतियाेगिता संचालन हुन लागेकाे हाे ।
सदरमुकाम मार्तडीमा आयाेजना हुन लागेकाे कार्यक्रममा जिल्ला भित्रका प्रतिभाहरूलाई एकल गायन प्रतियाेगितामा सहभागी गराईने आयाेजक लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बाजुराका सचिव डम्मर विश्वकर्माले बताएका छन् ।
बाजुरा जिल्लामै पहिलाेपटक आयाेजना हुन् लागेकाे उक्त प्रतियोगिताले बाजुराकाे कला संस्कृति र प्रवर्द्धनमा टेवा पुग्ने राष्ट्रिय लाेक दाेहाेरी गित प्रतिष्ठान बाजुराका अध्यक्ष विष्णु धामीले बताएका छन् ।
प्रतियाेगितामा उत्कृष्ट प्रथमलाई ५००५, द्वितीय ३००५ र तृतीय २००५ नगदसहित प्रमाणपत्र पत्र प्रदान गरिने आयाेजकले बताएको छ । प्रतियोगितामा बाजुराका कलाकारहरूका विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत रहने छन् ।

चर्चामा

सम्बन्धित समाचार