• होमपेज
  • देश
  • सभामुख घिमिरेले गरे तीन दलका शीर्ष नेताहरुसँग छलफल

सभामुख घिमिरेले गरे तीन दलका शीर्ष नेताहरुसँग छलफल

  • शनिबार, चैत्र २५, २०७९
सभामुख घिमिरेले गरे तीन दलका शीर्ष नेताहरुसँग छलफल

काठमाडौँ –     सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार छलफल भएको हो ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसद्लाई प्रभावकारी बनाउनका लागि आजको छलफलको आयोजना गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार